सन्दीप लामिछानेले द हन्ड्रेड पनि खेल्न नपाउने ।
एजेन्सि:
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले आफूले द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नपाउने भएकोमा निराशा व्यक्त गरेका छन्। उनले इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) को निर्देशन पालना गर्दा पनि प्रतियोगिताबाट बाहिर हुनु परेकोमा निराशा व्यक्त गरेका हुन्।
बेलायतको टियर-५ भिसाको आवेदन दिन र त्यसका लागि एउटा प्रायोजन पर्याप्त हुने इबिसीले दिएको निर्देशनअनुसार आफूले भिसा लागि आवेदन दिएको सन्दीपले बताएका छन्।
उनले टी-२० ब्लास्ट र द हन्ड्रेडका लागि सो भिसा आवेदन दिएका थिए। तर कोरोनाका कारण भिसा पाउन ढिलाइ भएकाले सुरुमा सन्दीपले टी-२० ब्लास्ट गुमाएका थिए। सन्दीप टी-२० ब्लास्टमा वर्सेस्टसायर र्यापिडमा आबद्ध भएका थिए। तर भिसा ढिलो गरी पाउँदा टी-२० ब्लास्ट खेल्न जान ढिलाइ भएको थियो।
गत ९ जुलाईमा इंग्ल्यान्ड पुग्दा अध्यागमनमा कुनै समस्या नभएको र बेलायत सरकारले तोकेको होटलमा क्वारेन्टिनमा बसेको सन्दीपको भनाइ छ। १० दिनको अनिवार्य क्वारेन्टिन पूरा हुन दुई दिन बाँकी रहदा इसिबीले भिसा मान्य हुन नसक्ने जानकारी दिएको सन्दीपको भनाइ छ। साथै जतिसक्दो चाडो देश छाड्न भनिएको पनि सन्दीपले उल्लेख गरेका छन्।
सन्दीप द हन्ड्रेड क्रिकेटमा ओभल इन्भिन्सिबलमा आबद्ध भएका थिए। उनी ६० हजार पाउन्ड (झण्डै एक करोड रुपैयाँ)मा ओभलमा आबद्ध भएका थिए।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


