सुरक्षित आप्रवासन परियोजना बारे अन्तरक्रिया ।

भवानी अधिकारी/स्याङ्जा:
सुरक्षित आप्रवासन परियोजना (सामी) बारे जिल्ला तहका पत्रकारसंग अन्तरक्रिया गरिएको छ । पुतलीबजार नगरपालिकाको आयोजना तथा अन्धाअन्धी सामुदायिक विकास केन्द्रको ब्यवस्थापनमा संचालित परियोजनाले अहिलेसम्म गरेका कामका बारेमा पत्रकारलाई जानकारी गराउनुका साथै अन्र्तक्रिया गरिएको हो ।
अन्र्तक्रियामा बोल्दै नगर प्रमुख सीमा क्षेत्रीले बैदेशिक रोजगारका लागि जाने र उनिहरुका आश्रित परिवारका लागि परियोजनाले धेरै सहयोग पुरयाएको बताउदै यस्ता परियोजना जिल्लाका सबै पालिकामा लागु गर्न सकेमा धेरै समस्या हटेर जाने बताउनुभयो । फजुल खर्च कटाएर आयआर्जनतर्फ महिलालाई आर्कषित गराएको उहाको भनाई छ । रोजगारका लागि विदेश जानेहरुका समस्या पहिचान भएकाले समाधान गर्न सहज भएको छ । विदेश जादा सीप सिकेर जान सुझाव दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्मा नेपाल, पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी लगायतले परियोजनाले सकारात्मक प्रभाव पारेको बताउदै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा योजना तथा प्रशासकिय अधिकृत ताराचन्द्र ढकाल र अन्धाअन्धी सामुदायिक स्रोत विकास केन्द्रका परियोजना संयोजक एकनारायण सापकोटाले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
स्वीस सरकार र नेपाल सरकारको सहयोगमा संचालित ३ बर्षे परियोजना स्याङ्जाका पुतलीबजार, वालिङ, गल्याङ नगरपालिका र हरिनास गाउँपालिकामा संचालित छन । परियोजनाको समायाबधी अब एक बर्षको छ ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…