शाहिद अफ्रिदी नेपाली लिग खेल्न आउने।
काठमाडौं:
काठमाडौं किंग्सले विदेशी खेलाडीका रुपमा शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको जानकारी गराएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराजानकारी गराएको हो ।
नेपाली लिग खेल्न आउने विदेशी खेलाडीमध्ये अफ्रिदी सबैभन्दा चर्चित र सफल खेलाडी हुन् ।
अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। अफ्रिदीले एकदिवसीय क्रिकेटमा ८ शतक र ३९ अर्धशतकसहित ८०६४ रन बनाएका छन् । त्यस्तै उनले एकदिवसीय क्रिकेटमा ३९५ विकेट लिएका छन् । ट्वान्टी–२० मा भने उनले १४१६ रन बनाएका छन् भने ९८ विकेट लिएका छन् ।
चौथो संस्करणको ईपीएल असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


