पृथ्वी राजमार्गको चितवन फिस्लिङ खण्डमा सडक भासियो ।
चितवन:
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा सडक भासिएको छ। करिब ३० मिटर लम्बाइ सडक भासिँदा सवारी साधन आवागमनमा समस्या भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार केही वर्षदेखि फिस्लिङ खण्डको सडक भासिईरहेको थियो। सडक भासिएकोले हाल ग्राभेल राख्ने काम सुरू गरिएको छ। ‘अहिले माटो, ग्राभेल र ढुंगा राखेर भासिएको सडक मर्मत थालिएको छ । सडकको अवस्था निकै खराब रहेकाले यदि फेरि भासियो भने दीर्घकालीन रूपमा नै मर्मत गर्नुपर्ने हुन्छ।’ इञ्जिनियर शिव खनालले बताउनु भयो ।
सडकको दबेको भागमा ग्राभेल थप गर्दै तत्काल सडक सुचारू गर्न लागेका हौं,’ । सडक भासिँदै गएमा पछि मुग्लिन(मलेखु आयोजनाले मर्मत गर्ने उँहाले बताउनु भयो।सडक भासिनुको कारण भने त्रिशूलीको भेलले कटान गर्नु रहेको छ । ‘त्रिशूली नदीले बेश कटान गरिराखेको छ, त्यसैले सडक भासिएको हो,’ ‘कटानले नै सडकको भाग विस्तारै विस्तारै तल झरिरहेको छ।’ इञ्जिनियर शिव खनालले बताउनु भयो ।
सडक भासिएकोले तत्कालाई फिस्लिङ क्षेत्रमा मालबहाक सवारी साधन नचलाउन आग्रह गरिएको छ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


