भकुण्डेमा वृक्षारोपण गरेर बीपी स्मृति दिवस मनाईयो ।

Avatar आँधीखोला खवर डेस्क ६ श्रावण २०७८, बुधबार २१:३९

खगिन्द्र पौडेल/ वालिङ:
वालिङ नगरपालिका भकुण्डे धरादीमा वृक्षारोपण गरेर ३९ औं बीपी स्मृति दिवस मनाईयो । कार्यक्रममा भकुण्डे, भुम्रे र ठाडोलाईनका आमासमुह तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो ।

वालिङ नगरपालिका वडा न ९ र १० को सङगम स्थलमा रहेको स्पनदन पार्कमा विभिन्न बोट तथा फुल र फलको बिरुवा बृक्षारोपण गरिएको हो । पार्कलाई हरियालि बनाउन तथा पहिरोलाई रोक्न पनि यसकार्यले निकै सहयोग पुग्नेकुरा वडा न ९ का सदस्य दिपक श्रेष्ठले बताउनुभयो ।

plantation team

नेपाली काग्रेस स्याङ्जाका जिल्ला सदस्य अर्जुन खनालले विपि कोईराला नेपाली काग्रेस मात्रै नभएर सबै नेपालीको साझा नेता हुनुभएकोले उँहाको कार्यलाई सबैले सम्झनुपर्ने तथा कुनै न कुनै रुपमा सिर्जनशिल काम गरेर विपिको स्मृति दिवसलाई सार्थक बनाउनुपर्ने बताउनुभयो । महामानव बीपीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै राष्ट्रियताका लागि बीपीको विचार र आदर्शलाई झनै अंगाल्न आवश्यक रहेको बताउनुभयो ।

Facebook Comments Box
यो पनि पड्नुहोस..  फेसबुक काण्डले निरन्तर मच्चिएको स्याङ्जा (बिभिन्न काण्ड सहित)

धेरै कमेन्ट गरिएका