ओलम्पिकमा चीनको अग्रता, जापान दोस्रो तथा अमेरिका तेस्रो ।
टोकियो:
जापानमा जारी ३२ औं ग्रिस्मकालिन ओलम्पिकमा चीनले पदक तालिकामा आफ्नो अग्रता कायमै राखेको छ। चीनले हालसम्म २१ स्वर्ण, ३३ रजत र १२ कास्यसहित ६६ पदक जितेको छ।
त्यस्तै १७ स्वर्ण जितेर आयोजक जापान दोस्रो स्थानमा रहेको छ। जापानले थप ५ रजत र ८ कास्यसहित ३० पदक जितेको छ।
तेस्रो स्थानमा रहेको अमेरिकाले हालसम्म १६ स्वर्ण, १७ रजत र १३ कास्यसहित कुल ४६ पदक जितेको छ। यसले अमेरिकालाई पहिलो हुने सम्भावना कम हुन सक्ने देखिन्छ ।
यस्तै, ओलम्पिकको झन्डामुनी रहेर सहभागिता जनाएको रूस चौथो स्थानमा रहेको छ। हालसम्म रूसले ११ स्वर्ण, १५ रजत र ११ कास्यसहित ३७ पदक जितेको छ।
१० स्वर्ण, ३ रजत र १४ कास्यसहित २७ पदक जितेको अष्ट्रेलिया पाँचौं स्थानमा छ। यता, बेलायत १० स्वर्ण, ३ रजत र १४ कास्यसहित २७ पदक जित्दै छैठौं स्थानमा रहेको छ।
यस्तै, दक्षिण कोरिया, फ्रान्स , नेदरल्याण्ड्स र न्युजील्याण्ड क्रमशस् सातौं, आठौं र नवौं र दशै स्थानमा रहेका छन्।
यसैबीच यसअघिका ओलम्पिक जस्तै टोकियो ओलम्पिक पनि नेपालका लागि सहभागितामै सीमित बन्यो। नेपालका कुनै पनि खेलमा पदक जित्न सकेको छैन ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


