ओलम्पिकमा चीनको अग्रता, जापान दोस्रो तथा अमेरिका तेस्रो ।

टोकियो:

जापानमा जारी ३२ औं ग्रिस्मकालिन ओलम्पिकमा चीनले पदक तालिकामा आफ्नो अग्रता कायमै राखेको छ। चीनले हालसम्म २१ स्वर्ण, ३३ रजत र १२ कास्यसहित ६६ पदक जितेको छ।
त्यस्तै १७ स्वर्ण जितेर आयोजक जापान दोस्रो स्थानमा रहेको छ। जापानले थप ५ रजत र ८ कास्यसहित ३० पदक जितेको छ।

तेस्रो स्थानमा रहेको अमेरिकाले हालसम्म १६ स्वर्ण, १७ रजत र १३ कास्यसहित कुल ४६ पदक जितेको छ। यसले अमेरिकालाई पहिलो हुने सम्भावना कम हुन सक्ने देखिन्छ ।
यस्तै, ओलम्पिकको झन्डामुनी रहेर सहभागिता जनाएको रूस चौथो स्थानमा रहेको छ। हालसम्म रूसले ११ स्वर्ण, १५ रजत र ११ कास्यसहित ३७ पदक जितेको छ।

१० स्वर्ण, ३ रजत र १४ कास्यसहित २७ पदक जितेको अष्ट्रेलिया पाँचौं स्थानमा छ। यता, बेलायत १० स्वर्ण, ३ रजत र १४ कास्यसहित २७ पदक जित्दै छैठौं स्थानमा रहेको छ।

यस्तै, दक्षिण कोरिया, फ्रान्स , नेदरल्याण्ड्स र न्युजील्याण्ड क्रमशस् सातौं, आठौं र नवौं र दशै स्थानमा रहेका छन्।

यसैबीच यसअघिका ओलम्पिक जस्तै टोकियो ओलम्पिक पनि नेपालका लागि सहभागितामै सीमित बन्यो। नेपालका कुनै पनि खेलमा पदक जित्न सकेको छैन ।

 

Facebook Comments Box
TOP