एनआरएनए स्पेनको अध्यक्षमा स्याङ्जाका शालिकराम डुम्रे निर्वाचित ।

shalikram dumre

स्पेन : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको अध्यक्षमा स्याङ्जाका शालिकराम डुम्रे निर्वाचित हुनु भएको छ । आगामी दुई बर्षका लागि उहाँ निर्बाचित हुनु भएको हो ।
निर्बाचनबाट अध्यक्ष डुम्रे सहित उहाँको प्यानल नै विजयी भएको निर्बाचन समितिले जनाएको छ ।
विजयी हुनेहरूमा आइससीसी सदस्यमा दिनेश कुमार गिरी र प्रकाश तिमिल्सिना रहेकाछन् । यस्तै उपाध्यक्षमा सनु राउत र कृष्णराम रानाभाट विजयी भए भने क्षेत्रीय उपाध्यक्षमा रोशन पाठक, महिला उपाध्यक्षमा सृजना लामिछाने विजयी भएका छन ।
निर्बाचनबाट महासचिवमा विदुर गौतम, सचिवमा नारायण भट्टराई र अरूण घिमिरे, म्याड्रिड क्षेत्रको सचिवमा सुन्दरी लामा, कोषाध्यक्षमा सन्त बहादुर क्षेत्री र युवा संयोजकमा मनुषजंग खड्का निर्बाचित भएका छन ।
नवनिर्वाचित अध्यक्ष डुम्रेको स्थायी घर वालिङ नगरपालिका वडा नम्वर १४ मा पर्दछ ।

Facebook Comments Box
TOP