एनआरएनए स्पेनको अध्यक्षमा स्याङ्जाका शालिकराम डुम्रे निर्वाचित ।
स्पेन : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको अध्यक्षमा स्याङ्जाका शालिकराम डुम्रे निर्वाचित हुनु भएको छ । आगामी दुई बर्षका लागि उहाँ निर्बाचित हुनु भएको हो ।
निर्बाचनबाट अध्यक्ष डुम्रे सहित उहाँको प्यानल नै विजयी भएको निर्बाचन समितिले जनाएको छ ।
विजयी हुनेहरूमा आइससीसी सदस्यमा दिनेश कुमार गिरी र प्रकाश तिमिल्सिना रहेकाछन् । यस्तै उपाध्यक्षमा सनु राउत र कृष्णराम रानाभाट विजयी भए भने क्षेत्रीय उपाध्यक्षमा रोशन पाठक, महिला उपाध्यक्षमा सृजना लामिछाने विजयी भएका छन ।
निर्बाचनबाट महासचिवमा विदुर गौतम, सचिवमा नारायण भट्टराई र अरूण घिमिरे, म्याड्रिड क्षेत्रको सचिवमा सुन्दरी लामा, कोषाध्यक्षमा सन्त बहादुर क्षेत्री र युवा संयोजकमा मनुषजंग खड्का निर्बाचित भएका छन ।
नवनिर्वाचित अध्यक्ष डुम्रेको स्थायी घर वालिङ नगरपालिका वडा नम्वर १४ मा पर्दछ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


