नयाँ भेरियन्टको कारण नेपाल एसियन च्याम्पियनसिपबाट बञ्चित ।

काठमाण्डौ:
नयाँ भेरियन्टको अतिसंवेदनसिल क्षेत्र भएको भन्दै आगामी भदौ १३ देखि २० सम्म फिलिपिन्समा आयोजना हुने २१ औं एसियन महिला भलिबल च्याम्पियनसिप खेल्नबाट नेपाल बञ्चित भएको छ।

यससँगै नेपाली टिमले पहिलो पटक ठूलो प्रतियोगितामा बलिया टिमसँग प्रतिस्पर्धा गर्ने मौका गुमाएको छ।

कोभिड-१९ को नयाँ भेरियन्टको अतिसंवेदनसिल क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासंघमार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल संघले जनाएको छ
।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP