महिला, युवा र जेष्ठ नागरिक सरकारको पहिलो प्राथमिकतामा : मन्त्री श्रेष्ठ
भवानी अधिकारी /स्याङ्जा :
गण्डकी प्रदेश शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बिशेष परिस्थितीमा मन्त्री बनेको बताउनुभएको छ । कम्यूनिष्ट सरकारको बहुमत हुदाँहुदै आवधिक निर्वाचनको उत्तराद्र्धमा मन्त्री बनेको अवसरलाई जनहितमा उपयोग गर्ने उहाले प्रतिवद्धता जनाउनुभयो ।
नेपाली कांग्रेस स्याङजाद्धारा मंगलवार यहाँ आयोजित स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समग्र प्रदेशको शैक्षिक गुणस्तर बृद्धि र सामाजिक विकासका पक्षमा काम गर्ने बताउनुभयो । पहिलो कार्यक्रम स्याङजाबाट सुरु गरेको उहाले बताउनुभयो ।
प्रादेशिक मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री श्रेष्ठले आफना ३ प्राथमिकता ‘महिला सशक्तिकरण, युवा स्वरोजगार र जेष्ठ नागरिक दिवा सेवा र उपचार’ रहेको जनाउनुभयो । उहाले यी कार्यक्रमलाई वडा स्तरसम्म पुरयाउनेगरी काम थाल्ने बताउनुभयो । उहाले भन्नुभयो ‘दिर्घकालिन र अल्पकालिन विकासका योजना अनुरुप कार्यक्रम तय गरिनेछन।’
कार्यक्रममा संबिधानसभा सदस्य राजु थापा, क्षेत्रीय सभापति १ र २ का तुलसीराम रेग्मी र देवबहादुर खाँण ईश्वर, जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेल, महिला संघका सचिव तारा मल्ल लगायतले समग्र जिल्लाको शैक्षिक गुणस्तर बृद्धिका लागि रचनात्मक कार्य गर्न र बिद्यालय ब्यवस्थापन समिति गठनका नाउमा गरिएका राजनैतिक हस्तक्षेपबाट मुक्त राख्ने लगायतका बारेमा सुझाव दिनुभएको थियो ।
कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता इन्द्रबहादुर गोदारले गर्नुभएको थियो ।
स्याङजा जिल्लाबाट मन्त्री बनेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समितिले पार्टी कार्यालयमा स्वागत एवं सम्मान कार्यक्रम राखेको हो ।
स्वागत एवं सम्मान कार्यक्रममा मन्त्री श्रेष्ठ लगायत । तस्विर ः भवानी अधिकारी÷स्याङजा
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


