मेसी बार्सिलोनामा अझै ५ वर्ष रहने।
एजेन्सि:
लियोनल मेसीले बार्सिलोनासँग ५ वर्ष रहनका लागि नयाँ सम्झौता गर्न सहमति जनाएका छन् । यस सम्झौता अनुसार ३४ वर्षीय मेसीको तलब ५० प्रतिशतले कम हुनेछ । पछिल्ला पाँच वर्षको अवधिमा तलब– सुविधा र बोनससमेत जोडेर मेसीले बार्सिलोनामा ५ सय ५० मिलियन युरो आम्दानी गरेका थिए ।
सम्झौताको सबै खाका तयार भइसकेको छ र त्यसमा हस्ताक्षर हुनमात्रै बाँकी छ । बार्सिलोनाबाट प्रकाशित हुने पत्रिका “एल ईस्र्पोटिऊ “का अनुसार बुधबार मेसी र बार्सिलोना सहमतिमा पुगेका छन् र यसबारे औपचारिक घोषणा चाडैं नै हुनेछ । यो सम्झौताले पूर्णता पाउन केही दिन वा जुलाई महिनाको अन्त्यसम्म पनि लाग्नसक्नेछ । किनकी, मेसीलाई आबद्ध गर्नका लागि क्लबले अझै केही खेलाडीहरुलाई बेच्नुपर्नेछ । पछिल्लो समय धेरै खेलाडीहरु पाल्नुपर्दा बार्सिलोनालाई आर्थिक दबाब परेको छ, मेसीलाई समेत आबद्ध गर्दा उसले कुल खेलाडीलाई दिने तलब रकमले ला–लिगाको मापदण्ड पार गर्छ । त्यहीकारण मेसीलाई क्लबमा राख्नका लागि उसले केही खेलाडीलाई बेचेर आफ्नो तलबको भार कम गर्न खोजेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


