मेसी बार्सिलोनामा अझै ५ वर्ष रहने।

एजेन्सि:
लियोनल मेसीले बार्सिलोनासँग ५ वर्ष रहनका लागि नयाँ सम्झौता गर्न सहमति जनाएका छन् । यस सम्झौता अनुसार ३४ वर्षीय मेसीको तलब ५० प्रतिशतले कम हुनेछ । पछिल्ला पाँच वर्षको अवधिमा तलब– सुविधा र बोनससमेत जोडेर मेसीले बार्सिलोनामा ५ सय ५० मिलियन युरो आम्दानी गरेका थिए ।
सम्झौताको सबै खाका तयार भइसकेको छ र त्यसमा हस्ताक्षर हुनमात्रै बाँकी छ । बार्सिलोनाबाट प्रकाशित हुने पत्रिका “एल ईस्र्पोटिऊ “का अनुसार बुधबार मेसी र बार्सिलोना सहमतिमा पुगेका छन् र यसबारे औपचारिक घोषणा चाडैं नै हुनेछ । यो सम्झौताले पूर्णता पाउन केही दिन वा जुलाई महिनाको अन्त्यसम्म पनि लाग्नसक्नेछ । किनकी, मेसीलाई आबद्ध गर्नका लागि क्लबले अझै केही खेलाडीहरुलाई बेच्नुपर्नेछ । पछिल्लो समय धेरै खेलाडीहरु पाल्नुपर्दा बार्सिलोनालाई आर्थिक दबाब परेको छ, मेसीलाई समेत आबद्ध गर्दा उसले कुल खेलाडीलाई दिने तलब रकमले ला–लिगाको मापदण्ड पार गर्छ । त्यहीकारण मेसीलाई क्लबमा राख्नका लागि उसले केही खेलाडीलाई बेचेर आफ्नो तलबको भार कम गर्न खोजेको छ ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…