वालिङ मालपोतमा माछापुछ्रेको एक्सटेन्सन काउन्टर
वालिङ मालपोतमा माछापुछ्रेको एक्सटेन्सन काउन्टर
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
मालपोत कार्यालय वालिङमा माछापुच्छे« बैंकको एक्सटेन्सन काउन्टर शुरु भएको छ । राजस्व संकलन देखि सर्वसाधरणले बैकिङ्क सेवाका लागि सहज बनाउन एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । मालपोत कार्यालय र सेवाग्राहीमा क्यासलेस बनाउन कार्यालयमा बैकिङ् सेवा शुरु गरिएको मालपोत कार्यालय वालिङले जनाएको छ । झण्डै दुईबर्ष अगाडी देखि स्याङ्जा मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर शुरु गरेर सेवा प्रवाह गरेको माछापुछ्रे बैंकले वालिङ मालपोतबाट पनि काउन्टर संचालनमा ल्याएर सेवा प्रवाह शुरु गरेको हो । बैंकको एक्सटेन्सन काउन्टर वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले उद्घाटन गरेर शुभारम्भ भएको छ । काउन्टर उद्घाटन गर्दै नगर प्रमुख खाँणले नाफा भन्दा पनि नागरिकलाई सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे । सेवा प्रवाहमा सेवाग्राही खुशी हुनुपर्छ नगर प्रमुख खाँणले भने, ‘सेवा राम्रो भयो भने नाफा आफै हुनेछ ।’ बैंक आफैमा नाफा मुलक संस्था भएपनि नागरिकलाई सहज र सरल बातावरणमा सेवा प्रवाहमा ध्यान दिनुपर्छ उनले भने ।
वालिङ बैकिङ्क सेवाका लागि हब बनेको भन्दै नगर प्रमुख खाँणले सेक्युरीटी पार्टमा पनि ध्यान दिन बैंकलाई सुझाव दिए । अहिले सम्म बैकिङ् सेक्युरिटीमा कुनै घट्ना नभएपनि अनलाईन सेवा प्रवाहमा नागरिकलाई चनाखो बनाउन बैंक लाग्नुपर्नेमा जोड दिए । मालपोत कार्यालयले बैंक संचालनमा ल्याएर नागरिकलाई थप सुविधा उपलब्ध भएको बताए । देशभरी संचालनमा ल्याइएको एक्सटेन्सन काउन्टर मध्ये बैंकको यो छैटौ रहेको बैंकले जनाएको छ । काउन्टर उद्घाटनमा मालपोत कार्यालय वालिङका प्रमुख रविन अधिकारी, नापी शाखाका प्रमुख दिनेश तिवारी, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, एनएमबी बैंक वालिङ शाखाका प्रमुख माधव पौडेल लगायतले नागरिकलाई बैकिङ्क सेवामा सहजता मिल्ने उदेश्यले स्थापना गरिएको काउन्टरले बढी भन्दा बढी सेवा लिन पाउनेमा विश्वास व्यक्त गरे । स्याङ्जा सदरमुकाम पुतलीबजार र वालिङ नगरपालिकामा गरी जिल्लामा दुई शाखा मार्फत बैंकले सेवा दिएको छ । १ सय ६२ शाखा रहेको माछापुच्छे« बैंकले प्रविधिमैत्री सेवा सगै विदेशी मुन्द्राको पनि कारोवार गर्दै आएको बैंकका वालिङ शाखा प्रमुख खेमराज काफ्ले जानकारी दिए । वालिङ शाखामा १३ हजार सेवाग्राही रहेको बैंकले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


