लायन्स क्लव वालिङको अध्यक्षमा दुर्गा थापा
वालिङ :
लायन्स क्लव अफ वालिङ सिटीको बर्ष २०२१/२०२२ का लागि नयाँ अध्यक्ष सहित समिति निर्वाचित भएका छन् । स्याङ्जाको वालिङ सिटी (३२५ वि.१) को १३ औं अधिवेसनबाट चुत्राकुमारी थापा(दुर्गा थापा) अध्यक्ष चयन हुनु भएको छ । महिला उद्यमी तथा अत्यन्तै मिलनसार थापा सामाजिक अगुवा पनि हुन् । सामाजिक क्रियाकलापमा आफ्नो सक्रिय भुमिका देखाउदै आएको संस्था वालिङ लायन्स क्लवमा नयाँ नेतृत्व सगँ धेरै अपेक्षा गरिएको बताइएको छ ।
त्यसै गरी १३ औं अधिवेसनले क्लवको उपाध्यक्षमा बिजय कोइराला, दिपक लम्साल र हरि डुम्रे चयन भएका छन् भने सचिवमा स्वाँ श्रेष्ठ, सह सचिवमा पार्वती पंगेनी, कोषाध्यक्षमा गोविन्द तिवारी, सह कोषाध्यक्षमा फणिनारायण रेग्मी चयन भएका छन् । क्लवको निर्देशकमा ल्या.यामबहादुर गुरुङ, टेमरमा डण्डपानी पंगेनी, टेल टुइस्टर तोलाकान्त वगाले चयन गरिएको छ । मेघराज गैह्रे रिर्पोटिङ अफिसर, रीना भट्टराई कोर्डिनेटर, इन्द्र भुषाल पव्लिक रिलेसन अफिसर, युवराज सुवेदी लगायत चयन भएको क्लवले जनाएको छ ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँणले लायन्स सामाजिक रुपान्तरण र मानविय सहायता कार्यका लागि निक्लायन्स क् वलेकै लोकप्रिय संस्था रहेको बताउनु भयो । बिभिन्न अवस्थामा लायन्स क्लवले गरेका मानवीय हितका कार्यहरु निक्कै अनुकरणीय रहेको बताउनु भयो ।
लायन्स क्लव अफ वालिङ सिटिका पूर्ब अध्यक्ष समेत रहनु भएका खाँणले सामाजिक कार्यका लागि क्लवलाई सफलताको शुभकामना दिनु भएको छ ।
नवनिर्वचित अध्यक्ष थापाले वालिङ लयान्स क्लवलाई बर्ष २०२१ को सफल बनाउन भरपुर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । २०२० का अध्यक्ष कविता भुषालले नवनिर्वाचित अध्यक्ष थापालाई बधाई दिदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा लायन्स क्लव अफ वालि सिटिका पूर्ब अध्यक्षहरु चेतनारायण श्रेष्ठ,अर्जुन खनाल, देबेन्द्र प्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…