लियो क्लव वालिङ सिटिले जेहन्दार बिद्यार्थीलाई दियो बार्षिक रुपमा छात्रबृत्ति ।
वालिङ :
लियो क्लव अफ वालिङ सिटिले एक जेहन्दार बिद्यार्थीलाई बार्षिक रुपमा छात्रबृत्ति प्रदान गरेको छ । जिल्ला परिषद ३२५ बि १ नेपाल २०२१/२२ का अध्यक्ष प्रकाश थापाको नारा अनुसार लियो क्लब अफ वालिङ सिटीले वालिङ ११ मा रहेको बाल शिक्षा निकेतन आधारभुत बिधालयका गरिब तथा जेहेन्दार बिद्यार्थी बिशाल आले लाई छात्रवृत्ति हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि १ नेपालका सिनियर एओजी चेत नारायण श्रेष्ठले बिद्यार्थीको हितका लागि लियोले गरिरहेको कार्य नि कै सराहनीय रहेको बताउनु भयो । उहाँले भन्नुभयो, हाम्रो केही सहयोगले कुनै विद्यार्थी को उज्ज्वल भबिस्य बन्छ भने त्यो नै मन देखि को सहयोग हो ।
लायन्स क्लब अफ वालिङ सिटी अध्यक्ष चुत्रा कुमारी थापा , लियो जिल्ला परिषद ३२५ बि १ नेपालका पिआरओ दिक्षान्त खाँण , वडा सदस्य चोलाकान्त पौडेल, तारा प्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।बिद्यँ
लायन बर्ष २०२१/२२ को अध्यक्ष लियो खुम शर्मा ( बिपुल) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मणि सुबेदीले गर्नु भएको थियो ।
छात्रबृत्ति कार्यक्रम अन्तरगत बिद्यार्थी बिशाल आलेलाई बर्ष भर पुग्ने शैक्षिक तथा अतिआबस्यक सामाग्री दिइएको एन्जल श्रेष्ठले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …