ओलीको टुक्का, आक्रोश अनि शंका ।
काठमाण्डौ:
सरकारबाट अप्रत्याशित रुपमा च्युत हुनुपरेपछि निवर्तमान प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार टालाटुली बाटुली, कति राम्री पुतलीजस्तो भएको बताएका छन्। सोमबार एमालेको १० औं केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले देउवाले लिएको विश्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको भएको बताएका हुन्।
सत्ताबाट हात धुनुपरेपछि उनले आफुमाथि षडयन्त्र र आक्रमण हुने मनगढन्ते कुरा गरेका छन । उनले अब सत्ताको दुरूपयोग गरेर आफूहरूमाथि हमला हुन सक्ने बताए। ‘अब सत्ताको दुरूपयोग गरेर हामीमाथि हमला सुरू गर्छन्। जनविरोधी काम सुरू गर्छन्,’ ओलीले भने,‘हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षडयन्त्र र आक्रमण अनुमान गरेका छौं।’
यसैक्रममा उनले कांग्रेस र माओवादी दुबैप्रति निकै आक्रोश पोखे। ‘कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो। माओवादी शिथिल छ नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो,’ ओलीले भने,‘विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारू ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनु पर्दछ।’ उनले अब जनदबाबबाट प्रतिक्रियावादीहरूले गर्ने हमला परास्त गर्न संगठन निर्माण गर्ने, आफ्नो सरकारले गरेको राम्रो कामको प्रचार गर्ने, वर्तमान सरकारको भण्डाफोर गर्नुपर्ने बताए।
सम्बोधनका क्रममा उनी एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरूद्ध पनि खनिए। ‘हामीले १० बुँदे स्वीकार गर्यौं, माधव नेपालले मानेनन्। हिजोसम्म बैठकमा आउन आह्वान गर्ने भन्ने आयो। तर अहिले कोटेश्वर घर पुगेका कार्यदलका सदस्यलाई अल्पमतको बैठकमा जान्न भन्ने जवाफ आयो,’ ओलीले भने । बैठकमा बोल्दै ओलीले भने “पार्टीमा गुटबन्दी महारोगको नेतृत्व गर्ने माधव नेपालहरूले गरेको गद्दारीका लागि कारबाही गर्ने र फ्लोर क्रस गर्ने अरू सबैलाई २४ घन्टे स्पष्टीकरण सोधिनेछ।”
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


