पहिरोको उच्च जोखिममा स्याङ्जा कारागार
भवानी अधिकारी/स्याङजा : विगत केही दिनयता स्याङजामा लगातारको वर्षाले स्याङजा सदरमुकाम – पुतलीखेत जोड्ने बाटो भत्किएपछि कारागार परिसरमा पहिरो झरेको छ। केही दिनेदेखिको लगातारको वर्षाले गत वर्ष निर्माण गरेको पुतलीबजार नगरपालिका १ स्थित पक्की मोटरबाटो आइतबार मध्यान्ह भत्किएको हो।
जिल्ला अदालत परिसर र कारागार शाखाको मध्यभागबाट बनाइएको सो बाटो भत्किएपछि त्यहाँबाट झरेका ढुंगा माटो कारागारतर्फ झरेको छ। आधाआधी भाग झरिसकेको छ भने आधा भाग झर्नैगरी चर्किएको छ।
गहिरो भागमा रहेको कारागारमा थप क्षति हुन नदिन प्रशासनले चर्किएका भागलाई फाल्ने तयारी गरेको छ। प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले भने पानी पर्ने क्रम जारी रहेकाले थप क्षति हुन नदिन ढलान गरिएका र चर्केको भागलाई व्यवस्थाप गर्न जरुरी छ।
पक्की बाटो चर्किएपछि केहीदिनदेखि आवतजावतमा रोक लगाइएको थियो। सवारी साधन चलाउन र मानिसलाई आवतजावत गर्न दिइएको थिएन्। कारागार शाखा माथिको भाग चर्किएर जमिन नै ढल्केको देखेपछि कारागारभित्र बसेका ३० जना कैदीबन्दीलाई पोखरा र तनहुँका कारागार शाखामा स्थानान्तरण गरिएको जेलर चुडामणी भण्डारीले जानकारी दिए।
कारागार शाखा प्रमुख भण्डारीका अनुसार यस्तै वर्षा भइरहने हो भने कारागारलाई पनि थप असर पार्न सक्ने भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो।
स्याङजा सदरमुकाम र पुरानो ब्यापारिक केन्द्र पुतलीखेत जोड्ने यो छोटो मार्ग हो।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


