कालीगण्डकी डाईभर्सन : धार्मिक,सांस्कृतिक र पारस्परिक सम्बन्धमा खलल पार्न खोजियो-युवा नेता पौडेल ।

bishnu paudel

बिष्णु पौडेल :
कालीगण्डकी डाइभर्सनका सम्बन्धमा सरकारले गरेको निर्णय शतप्रतिशत गलत छ ।
कालीगण्डकी नदी र कालीगण्डकीको सभ्यतासँग प्राचिनकाल देखि रहदै आएको धार्मिक, सास्कृतिक आस्था, सामाजिक एकता, सदभाव र पारस्परिक सम्बन्धमा खलल पार्ने उद्देश्य सहित डाइभर्सन परियोजनाको मञ्चन गरिएको छ । उक्त बिषयलाई अतिरन्जित गर्ने काम पछिल्लो समयमा बुटवलमा परियोजनाको कार्यालय स्थापना गर्दै अर्थमन्त्री बिष्णु पौडेलले गर्नु भएको छ । उहाँले यसलाई बालुवाटारकाण्ड लगायतका थुर्पै कर्तुतहरु छोप्ने अस्त्र बनाउन खोज्नु भएको होला । तर, यो सम्भव छैन । कालीगण्डकी नदीका सम्बन्धमा गण्डकी र लुम्बिनी प्रदेशमा एक किसीमको तरङ्ग सिर्जना भएको छ । जुन दीर्घकालिन रुपमा नै प्रभाव पर्ने देखिन्छ ।
कोभिड १९ महामारीको यस जटिल परिवेशमा नागरिकहरु आन्दोलित भएका छन । ओली नेतृत्वको षडयन्त्रकारी सरकारको रवैयाका कारण नागरिकहरु खेतीपाती गर्ने समयमा समेत दैनिक आन्दोलन गर्न बाध्य बनेका छन । कालीगण्डकी डाइभर्सनका विरुद्ध स्थानीय तहमा प्रतिकार गर्न नागरिक आफै सक्षम छन भन्ने कुरा प्रमाणित भइसकेको छ । यो नीतिगत समस्या हो र यसलाई सच्याउनका लागि नीतिगत निर्णय नै आवश्यक छ ।
निकम्मा सरकारले गरेको यो गलत नीतिगत निर्णयलाई नीति मार्फत नै सम्बोधन गर्नु पर्दछ । यसमा जनप्रतिनिधिहरुको अहम भूमिका छ । तसर्थ, कालिगण्डकी तटिय क्षेत्रका नागरिकहरुको आकांक्षा र विरोधको बुलन्द आवाजलाई सिंहदरवार र बालुवाटारसम्म पुर्याई सच्याउनका लागि यस क्षेत्रका जनप्रतिनिधिहरु मार्फत संयुक्त पहल र यर्थासिघ्र कार्य गर्न आवश्यक छ । (लेखक पौडेल नेपाली कांग्रेसका युवा नेता हुन् ।)

Facebook Comments Box
TOP