स्याङजा अदालतका ६० प्रतिशत मुद्धा फर्स्योट

jilla adalat

भवानी अधिकारी/स्याङजा :
जिल्ला अदालत स्याङ्जाले यसबर्ष करिब ६० प्रतिशत मुद्धा फस्र्यौट गरेको जनाएको छ ।
अदालतद्धारा आयोजित पत्रकार सम्मेलनमा अदालतबाट भए गरेका काम, कारवाही र सेवाका बारेमा जानकारी गराउदै जिल्ला न्यायधीश बसन्तराज पौडेलले सो जानकारी गराउनु भएको हो ।
आर्थिक बर्ष २०७७/०७८ मा भएका करिब ६० प्रतिशत मुद्धा फर्स्योट भएको छ । अघिल्लो बर्ष लगतसरी आएको ३ सय ८० सहित गतबर्ष ९४७ मुद्धा मध्ये ५६१ वटा फस्र्यौट भएको छ । ती मध्ये ३८६ वटा बाँकी छन् ।
अघिल्लो बर्षको तुलनामा यसबर्ष ५ प्रतिशत बढी मुद्धा फर्स्योट भएका छन । अघिल्लो बर्ष ८ सय ५५ वटा मुद्धा मध्ये ४ सय ७५ फस्र्योटभई ३ सय ८० मुद्धा किनारा लाग्न बाँकी थिए ।
न्यायधीश पौडेलले अदालतका अधिकार क्षेत्र, जनशक्ति, न्याय सम्पादन, बिचाराधीन रहेका मुद्धाहरु, फरक मुद्धा ब्यवस्थापन, मुद्धाका फस्र्योट र बाँकी, बालबालिका सम्बन्धी, बाल इजलास, निरन्तर सुनुवाई, मेलमिलाप, मुलतवी, बिशेष प्रकृतीका निवेदन, क्षतिपूर्ति लगायतका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाले जग्गा, आवास भवन, बिद्युतीय प्रबिधि र उपकरण र सवारी साधन समस्या र चुनौती रहेको जनाए । यसैगरी, जीर्ण र पुराना अवस्थाको भवन, बढ्दो मुद्धाका चाप, अपुग जनशक्ति पनि अदालतले झैल्दै आएका समस्या हुन ।
यसैगरी, अदालतमा सम्बन्ध बिच्छेदमा ६३, अंश मानाचामल ७३, जबरजस्ती करणी ३१, लागु औषध ९, कर्तब्य ज्यान १९, सवारी ज्यान १५, हातहतियार ७, बहुविवाह ९, बालविवाह २, आत्महत्या दुरुत्साहन २, अभद्र ब्यवहार, ४, राज्य बिरुद्धका कसुर २, चोरी ७, ठगी २, लेनदेन १४, जालसाजी ४९, अन्य ७८ गरी ३८३ मुद्धा अदालतमा बिचाराधीन छन ।
अदालतमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका छन । गतबर्ष २ सय ३० वटा र अघिल्ला बर्षका ७२ गरी ३ सय २ वटा मुद्धा थिए । ती मध्ये २ सय ४१ वटा फस्र्योट भएका छन ।
यसैगरी, हालसम्म अदालतमा दण्ड जरीवाना असुल तहसिलतर्फ ३ करोड १९ लाख ६३ हजार ४ सय ९४ रुपैया बाँकी रहेको र एक हजार एक सय ११ बर्ष ९ महिना १३ दिन कैद भुक्तान दिन रहेका छन् ।
अदालतमा ३९ हजार ८ सय २३ मिशिल संख्या रहेको र विस २०२० भन्दा अघिका मिशिल सफटवेयरमा प्रबिष्ट हुन बाँकी रहेको जनाइएको छ । जनाए।
सम्मेलनमा न्यायधीश सूर्य थापा, श्रेस्तेदार विश्वप्रसाद अर्याल, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, सहलेखापाल शोभाकान्त पौडेल लगायतले अदालत, न्याय र यसप्रति नागरिक समाजको अपेक्षाका बारेमा आ आफना धारणा सहित सुझाव दिएका दिनुभयो ।
कोरोना भाइरस संक्रमणका समयमा पनि अदालतबाट ६० प्रतिशत मुद्धा फस्र्यौट गरिनु भनेका राम्रो भएको सहभागी पत्रकारका भनाई थिए । ।
स्याङजा जिल्ला अदालतमा २ न्यायधीश, एक श्रेस्तेदार सहित ४७ दरबन्दी मध्ये ७ पद रिक्त छन। अदालतले एकजना वैतनिक कानून ब्यवसायी राखेको छ ।

Facebook Comments Box
TOP