मुख्य मन्त्री कृष्णचन्द्र पोखरेलबाट आँधीखोला अस्पतालको शिलान्यास ।

krishna chandra pokhrel aandhikhola

स्याङ्जा :
गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेलबाट स्याङ्जाको आँधीखोला गाउँपालिका ५ सेतीदोभानमा रहेको आँधीखोला अस्पतालमा बन्न लागेको नयाँ भवनको शिलान्यास गर्नुभएको छ ।

वि।सं। २०७३ सालमा गार्डेनले स्थापना गरेको १५ शैयाको सामुदायिक अस्पताल सरकारी अस्पतालमा रुपान्तरण भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु। ८ करोडको लागत सम्झौतामा बन्न लागेको नयाँ भवनको मुख्यमन्त्रीले आज शिलान्यास गर्नुभएको हो।

शिलान्यास कार्यक्रममा बोल्दै मुख्य मन्त्री नेपालीले शिक्षा र स्वास्थ्य प्रदेश सरकारको प्राथमिकतामा रहेको र सबै नागरिकले स्वास्थ्य सेवा पाउनुपर्ने कुरामा गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले गाउँगाउँमा अस्पताल निर्माण गरेर स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्‍याउनुपर्ने बताउनुभयो । ‘रोग अशिक्षा र गरिबी सबैका साझा समस्या हुन् । यिनीहरु विरुद्धको लडाइँ पनि साझा रुपमै लड्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

सो कार्यक्रममा गण्डकी प्रदेश नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, संविधान सभा सदस्य तथा काङ्ग्रेसका युवा नेता राजु थापा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य भूमि बहादुर गुरुङ ‘विश्व’, काङ्ग्रेस जिल्ला सभापति कुमार राना, कास्की काङ्ग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डे लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

शिलान्यास कार्यक्रममा अस्पताल निर्माण गर्ने संस्था गार्डेनका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता जयराम पौडेलले गाउँका जनताहरुले खाइ नखाई अस्पताल निर्माण गरेर राज्यलाई करोडौंको सम्पति समुदायले हस्तान्तरण गर्नु सामान्य कुरा नभएको बताउनुभयो । नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले अस्पताल निर्माणमा गार्डेनले पुर्‍याएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन गार्डेनका सचिव नविन ढकालले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व अस्पतालका संस्थापक अध्यक्ष टीकाराम ढकालले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP