अपांगता भएका ब्यक्तिलाई खाद्यान्न र स्वास्थ्य सामाग्री

help apanga syagja

भवानी अधिकारी/स्याङजा :
स्याङजा अपांग समाज स्याङजा, गण्डकी प्रदेश सरकार पुलतीबजार नगरपालिका र स्कुल अफ डेमोक्रेसीको सहकार्यमा अपांगता भएका ब्यक्तिहरुका खाद्यान्न सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
पुतलीबजार नगरपालिका १ स्थित समाजको भवनमा अपांगता भएका ब्यक्ति तथा उनीहरुका परिवारलाई ब्यक्तिगत सरसफाई, पोषण, खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरिएको छ ।
पुुतलीवजार नगरपालिका वडा नं. १, २, ३, ४ र १४ नम्बरका अतिविपन्न र अतिअशक्त १२ परिवारकालागि खाद्यान्न (२५ केजीको एक बोरा चामल, तेल, दाल, सोयावीन) सहित अन्य २० जना अपांगता ब्यक्तिहरुलाई ब्यक्तिगत सरसफाई पोषण तथा स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।
वडा नं. १ र २ का अध्यक्ष द्धय निर्मल शेरचन र तिलकराम श्रेष्ठ, स्कुल अफ डेमोक्रेसीका अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठ, गण्डकी प्रदेश संयोजक विमल रिमल, अपांग समाज स्याङ्जाका अध्यक्ष युवराज पराजुलीले ति सामाग्री प्रदान गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण समाजका सचिव राम शर्मा पाखेरेलले गर्नुभएको थियो । समाजले यसअघि पनि पुतलीबजारका अन्य वडाका ७६ जनालाई पनि खाद्यान्न सहित स्वास्थ्य सामाग्री उपलब्ध गराइसकेको छ ।
पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका र विरुवा गाउँपालिकामा पुगेर अपांगता भएका ब्यक्ति तथा उनीहरुका पििरवारमा पुगेर खाद्यान्न सहित स्वास्थ्य सामाग्री प्रदान गरिसकेको र अन्य पालिकामा पनि पुग्ने तयारी भैरहेको समाजका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

 

Facebook Comments Box
TOP