गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख पदमुक्त
काठमाडौँ — गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मामन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश प्रमुखहरु पौडेल र यादवलाई पदमुक्त गराउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरु पौडेल र यादवलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस समेत गरेको थियो ।

समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


