चार नयाँ मन्त्रीहरू नियुक्त ।
काठमाण्डौ:
शेरबहादुर देउवा संविधानको धारा ७६ ५ अनुसार प्रधानमन्त्री पदमा सपथ लिए लगत्तै आफ्नो दल र माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गरेका छन् । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी छन्।
नवनियुक्त मन्त्रीहरूमा कांग्रेसबाट गृहमा बालकृष्ण खाँड र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नियुक्त
भएका छन ।नेकपा माओवादी केन्द्रबाट भने जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन्।
देउवालाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) बाट भने मन्त्री बनाइएको छैन। प्रधानमन्त्रीसहित बढीमा २५ जनासम्मको मन्त्रिपरिषद् बनाउन मिल्ने संवैधानिक व्यवस्था छ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


