युरोकपमा आज स्पेन र स्विट्जरल्यान्ड तथा बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदै।

एजेन्सी:
युरोकपमा आज स्पेन र स्विट्जरल्यान्ड तथा बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा स्पेन र स्विट्जरल्यान्ड राति ९:४५ बजे तथा दोस्रो खेलमा राति १२:४५ बजे बेल्जियम र इटाली भिड्दौछन ।
खेल इतिहास हेर्दा स्विट्जरल्यान्डको तुलनामा स्पेन बलियो छ। दुई देशबीच अहिलेसम्म भएको २२ भिडन्तमा स्विट्जरल्यान्डले एक पटक मात्र जित हात पारेको छ। स्पेनले क्रोएसियामाथि ५-३ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो भने स्विट्जरल्यान्डले विश्वकप विजेता फ्रान्समाथि पेनाल्टी सुटआउटमा ५-४ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो।
दोस्रो खेल म्युनिखमा १२:४५ बेल्जियम र इटालीबीच हुनेछ। बेल्जिमयले साविक विजेता पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो। कीर्तिमानी जित हात पारेको इटालीले भने अस्ट्रियालाई २-१ ले हराएको थियो।
दुबै युरेपेली महारथि बिचको खेल निकै कडा हुनेछ । इटाली ३१ खेलमा अपराजित छ भने लगातार १२ खेलमा जित हात पारेको छ। बेल्जियम पनि १३ खेलमा अपराजित छ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…