युरोकपमा आज स्पेन र स्विट्जरल्यान्ड तथा बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदै।
एजेन्सी:
युरोकपमा आज स्पेन र स्विट्जरल्यान्ड तथा बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा स्पेन र स्विट्जरल्यान्ड राति ९:४५ बजे तथा दोस्रो खेलमा राति १२:४५ बजे बेल्जियम र इटाली भिड्दौछन ।
खेल इतिहास हेर्दा स्विट्जरल्यान्डको तुलनामा स्पेन बलियो छ। दुई देशबीच अहिलेसम्म भएको २२ भिडन्तमा स्विट्जरल्यान्डले एक पटक मात्र जित हात पारेको छ। स्पेनले क्रोएसियामाथि ५-३ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो भने स्विट्जरल्यान्डले विश्वकप विजेता फ्रान्समाथि पेनाल्टी सुटआउटमा ५-४ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो।
दोस्रो खेल म्युनिखमा १२:४५ बेल्जियम र इटालीबीच हुनेछ। बेल्जिमयले साविक विजेता पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो। कीर्तिमानी जित हात पारेको इटालीले भने अस्ट्रियालाई २-१ ले हराएको थियो।
दुबै युरेपेली महारथि बिचको खेल निकै कडा हुनेछ । इटाली ३१ खेलमा अपराजित छ भने लगातार १२ खेलमा जित हात पारेको छ। बेल्जियम पनि १३ खेलमा अपराजित छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


