युरो-२०२० को दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र डेनमार्क भिड्दै ।

एजेन्सि:

युरो २०२० को दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र डेनमार्कबीच भिडन्त हुँदैछ। खेल राति १२: ४५ बजे लन्डनस्थित वेम्बली रंगशालामा हुनेछ ।

घरेलु टिम इंग्ल्यान्डले ६० हजार दर्शकअघि डेनमार्कविरुद्ध खेल्दा इतिहास रच्न चाहन्छ। उसले १९६६ विश्वकप उपाधि जिते सँगै कुनै पनि ठुला प्रतियोगिताको फाइनलमा पुगेको छैन । यता डेनमार्क भने सन् १९९२ को युरोकपको विजेता हो।

यो खेलको विजेताले आगामी आइतबार राति इटालीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। इटालीले मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा स्थान पक्का गरेको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP