इटालीले जित्यो युरोकप-२०२० ।
एजेन्सि:
इटालीले आइतबार मध्यराति इंग्ल्याण्डलाई उसकै राष्ट्रिय स्टेडियम वेम्बलीमा टाइब्रेकरमा ३–२ ले पराजित गर्दै युरोकप २०२० को उपाधि जितेको छ । । इंग्ल्याण्डको ५५ वर्षदेखि मुख्य प्रतियोगिताको उपाधिको पर्खाइ झन लम्बिएको छ ।
त्यसअघि निर्धारित समयमा १–१ गोलको बराबरी भएको खेलमा अतिरिक्त ३० मिनेटसम्म पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि टाइब्रेकर प्रहार गरिएको थियो ।
इंग्ल्याण्ड खेलको सुरुवातमा उपाधितर्फ अग्रसर देखिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै रक्षक लुक शाले गोल गरेपछि वेम्बली स्टेडियममा घरेलु दर्शकले खुसी मनाएका थिए । इटालीले ६७औं मिनेटमा बराबरी गोल फर्कायो । कर्नरमार्फत आएको बललाई मार्को भेर्राट्टीले हेडिङ गरेका थिए । उक्त बल साइड बारमा लागेर फर्कियो । त्यही बललाई गोलमा परिणत गर्दै लियोनार्दो बोनुस्सीले गोल गरेका थिए ।
थप प्रतिस्पर्धात्मक भएको अतिरिक्त समयमा पनि दुवै टोलीले विजयी गोल गर्न सकेनन् । सन् १९६६ मा विश्वकप उपाधि जितेपछि अर्को महत्वपूर्ण उपाधिनजिक पुगेको इंग्ल्याण्ड फेरि असफल भयो ।
टाईब्रेकरमा इंग्ल्याण्डका खेलाडीहरूले पाँचमध्ये तीन प्रहारमा गोल गर्न सकेनन् । मार्कस रासफोर्डले साइट बारमा प्रहार गरे । जाडोन सान्चो र बुकायो साकाको प्रहार इटालीका गोलरक्षक जियनलुइजी डोन्नारुम्माले रोकिदिए ।
हारी केन र हारी मागुइरेले मात्रै गोल गरे । गोलरक्षक जोर्डन पिकफोर्डले इटालीको दुई प्रहार रोकेर टोलीलाई जिततर्फ अग्रसर गराउने प्रयास गरेका थिए । यद्यपि, आफ्नै खेलाडी गोल गर्न चुकेपछि उनको प्रयास सफल भएन ।
पिकफोर्डले इटालीका एन्द्रिया बेलोट्टी र जर्जिन्होको प्रहार रोकेका थिए । डोमेनिको बेरार्डी, बोनुस्सी र फेडेरिको बर्नान्डेचीले गोल गर्दै इटालीको उपाधि निश्चित गरे ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


