प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका रद्द ।
काठमाण्डौ :
सर्वोच्च अदालतबाट यही असार २८ गते भएको आदेशअनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ।
अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने भनी घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगबाट यही असार २१ गते स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्ने घोषणा गरेकामा सर्वोच्च अदालतले त्यसलाई बदर गरी आगामी साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


