दार्चुलाको तुइन घटनाको वालिङमा पनि बिरोध !
वालिङ :
दार्चुलाको महाकाली नदिको तुईन घटनाको विरुद्द वालिङमा गैर-राजनितिक समुहबाट प्रदशन भएको छ ।स्थानीय उद्यमी तथा नागरिक अभियन्ता प्रकाश अर्यालले उक्त कार्यक्रममा समूहको तर्फबाट विज्ञप्ति पढेर सुनाएका थिए।
दार्चुला जिल्ला, व्याँस गाउँपालिका -२ का जयसिंह धामीको महाकाली नदि तर्ने क्रममा खुला हत्या मनसायले तुईन काटेर भारतीय सीमा सुरक्षा बलद्वारा गरिएको अमानवीय क्रुरता, हेपाई, दमन र निर्ममताको घोर विरोध गर्दै वालिङमा गैर-राजनितिक युवा पंक्तिद्वारा विरोध प्रदर्शनी गरिएको छ।
भारतीय सिमामा सुरक्षार्थ खटिने क्क्द्य जवान द्वारा तुईनमा आउँदै गरेका नेपाली नागरिकलाई देख्दा देख्दै तर्न जम्मा डेढ मीटर बाँकि रहेको अवस्थामा पनि काटेर निर्मम हत्या गरिएको भन्दै उक्त हेपाहा प्रवृतिको विरोधमा कठोर कदम, माफी र क्षतिपूर्तिको माग गर्दै प्लेकार्ड र नारा लगाईएको थियो। उक्त विरोध प्रदर्शनीमा विभिन्न संघसंस्था र पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको प्रतिनिधीमूलक सहभागिता रहेको थियो।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


