राष्ट्रिय फुटबलका प्रशिक्षक मोहम्मद अलमुताइरीद्धवारा राजीनामा दिने घोषणा ।

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मोहम्मद अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।
अल्मुताइरीले फेसबुकमार्फत नेपाली फुटबल समर्थकलाई सम्बोधन गर्दै आफू अखिल नेपाल फुटबल संघ (एन्फा) मा जान लागेको र राजीनामा दिने बताएका छन् ।

उनले राजीनामा दिनु पछाडि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ जिम्मेवार रहेको पनि दाबी गरेका छन् । उनले पछिल्लो तीन सातादेखि प्रत्येक दिन नेम्वाङले व्यवधान पुर्‍याउन खोजेको आरोप पनि लगाएका छन् ।

अलुताइरीको प्रशिक्षणमा नेपालले पछिल्लोपटक एसियाली विश्वकप छनोट र एसिया कपको छनोट चरण खेलेको थियो ।

Facebook Comments Box
TOP