राष्ट्रिय फुटबलका प्रशिक्षक मोहम्मद अलमुताइरीद्धवारा राजीनामा दिने घोषणा ।
काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मोहम्मद अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।
अल्मुताइरीले फेसबुकमार्फत नेपाली फुटबल समर्थकलाई सम्बोधन गर्दै आफू अखिल नेपाल फुटबल संघ (एन्फा) मा जान लागेको र राजीनामा दिने बताएका छन् ।
उनले राजीनामा दिनु पछाडि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ जिम्मेवार रहेको पनि दाबी गरेका छन् । उनले पछिल्लो तीन सातादेखि प्रत्येक दिन नेम्वाङले व्यवधान पुर्याउन खोजेको आरोप पनि लगाएका छन् ।
अलुताइरीको प्रशिक्षणमा नेपालले पछिल्लोपटक एसियाली विश्वकप छनोट र एसिया कपको छनोट चरण खेलेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


