टिभी खोल्दा करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु ।

पोखरा:
लमजुङमा टिभी खोल्ने क्रममा करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्लाको राइनास नगरपालिका वडा नं -७ सालफेदीस्थित राकेश पाण्डेकी ८ वर्षीया छोरी शृष्टि पाण्डेको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालिकाले टिभी अन गर्ने क्रममा सेन्ट्रल बक्समा छुन जाँदा करेन्ट लागेको हो । बक्समा तार सर्ट भएर करेन्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
बालिकालाई उपचारका लागि तत्काल वडा कार्यालय स्थित सहोदर सामुदायिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…