प्रतिपक्षीको अवरोधबिच गण्डकीमा बजेट पारित ।
कास्की:
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद् बैठक लगातार अवरोध गरेपछि गण्डकीमा मार्सल लगाएर बजेट पारित गरिएको छ । एमाले सांसदहरूले टेबुल उठाएर फाल्ने तथा नाराबाजीमा उत्रिएका थिए ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बाबजुद सदनमा विनियोजित विधेयक पेश गरेपछि एमाले सांसदहरू नाराबाजीमा उत्रिएका थिए। नाराबाजी हुँदा समेत सदनमा विनियोजन विधेयक पेश भएपछि एमाले सांसदहरू बाहिरिएका थिए।
एमाले नेतृत्वको सरकारले ल्याएका योजना र कार्यक्रम काटिएको भन्दै एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए।
ध्यानाकर्षण पत्रमा उल्लेखित बुँदामा वैधानिक सम्बोधन नहुँदासम्म प्रदेश सभा सञ्चालन गर्न नदिने उल्लेख थियो ।
यसरी प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको उपस्थितिबिना नै प्रदेशसभाले आगामी वर्षको बजेट पारित गरेको छ ।एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गर्न थालेपछि मर्यादा पालकहरुले रोकेका थिए ।
सभामुख अधिकारीले बैठक नरोकेपछि एमाले संसदहरु बैठक छाडेर बाहिरिए । बहुमतले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गरेको छ ।
समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


