विपि कोईराला स्कुल अफ पब्लिक पोलिसिद्वारा कालिगण्डकी तिनाउ डाईभर्सन बारे बृहत छलफल ।

खगिन्द्र पौडेल/ स्याङ्जा:

विपि कोईराला स्कुल अफ पब्लिक पोलिसि गण्डकी प्रदेशले  “कालिगण्डकी तिनाउ डाईभर्सन दिगो विकाशका प्रश्न र हाम्रो सरोकार” बिषयमा बृहत भर्चुअल छलफल सञ्चालन गरेको छ ।  नेपाल सरकारका अर्थमन्त्रि तथा उपप्रधानमन्त्रि बिष्णु पौडेलले गत असार १२ गते रुपन्देहि तथा कपिलवस्तुमा सिञ्चाईका लागि र बिजुलि उत्पादन गर्ने उदे्श्यले कालिगण्डकि तिनाहु डाईभर्सनको आयोजना कार्यालय उद्धघाटन गरेपछि विभिन्न क्षेत्रबाट बिरोधको आवाजहरु निस्कियका छन ।  कालिगण्डकी डाईभर्सन बारे सक्रिय रुपमा विरोध तथा विभिन्न कार्यक्रम गर्दै आईरहेको र विद्यमान सामाजिक समस्यामा दरिलो आवाज निकाल्दै आएको  यस सस्थाले राष्ट्रिय तथा जिल्लाका  राजनीतिज्ञ र  विज्ञहरुको उपस्थितिमा हिजो किार्यक्रम सञ्चालन गरेको थियो  ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेशप्रमुख कृष्ण चन्द्र नेपाली पोखरेल, पुर्वमन्त्रि एवम नेपाली काग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी प्रमुख अतिथि तथा वक्तारुपमा रहनु भएको थियो भने विपि कोईराला स्कुल अफ पब्लिक पोलिसि गण्डकी प्रदेशका अध्यक्ष तथा ने.वि सघका नेता नारायण पाण्डेले सञ्चालन गर्नु भएको थियो ।
विशिष्ट वक्ताहरुमा नेकपा माओवादी (केन्द्र) का केन्द्रिय सदस्य अमृता थापा , वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँण, पाल्पा जिल्ला रामपुर नगरपालिकाका मेयर रमन थापा, रम्भा गाँउपालिकाका प्रमुख विष्णुप्रसाद भण्डारी, हाईड्रोलोजिष्ट तथा नेपाल सरकारका पुर्व सहसचिब केशव ध्वोज अधिकारी, वातावरण विज्ञ निरञ्जन श्रेष्ठ, सामाजिक विकास विषेशज्ञ शिव ढकाल रहनु भएको थियो ।

कार्यक्रममा बातावरणिय विज्ञ निरञ्जन श्रेष्ठले आयोजनाको भौगोलिक परिस्थिति र यसले पार्ने असर तथा देशमा भएका यस्तै अन्य डाईभर्सन बारे जानकारी प्रस्तुत गर्नुभयो । त्यस्तै हाईड्रोलोजिष्ट केशव ध्वोज अधिकारीले यस्ता आयोजनाहरु सरकार तथा कुनै मन्त्रिले आफ्नो निहित स्वार्थका लागि विभिन्न समयमा ल्याउने तर  विस्तृत अध्ययन बिना आएका परियोजना फेरि आफै हराएर जाने तथा प्रक्रियागत रुपमा जाँदै गर्दा सरकारी फाईलमै थन्किएर बस्ने गरेको पाईएको छ भन्नुभयो । सामाजिक विकास बिशेषज्ञ शिव ढकालले उक्त परियोजना कुनै पनि सामाजिक, प्राकृतिक तथा आर्थिक रुपमा समावेशि तथा योग्य नभएको बताउनु भयो ।

रामपुर नगरपालिकाका मेयर रमन थापा र रम्भा गाँउपालिकाका प्रमुख विष्णुप्रसाद भण्डारीले यस आयोजनाले तल्लो तटिय क्षेत्रमा  असर पार्ने  तथा आफ्नो क्षेत्रले यसबाट निकै विकराल समस्या भोग्नुपर्ने र हाम्रो सस्कृति र आर्थिक अधिकारमाथिको ठाडो हस्तक्षेप हो भन्नेकुरा बताउनु भयो । उँहाहरुले मुक्तिनाथदेखि देबघाट सम्मको धार्मिक आस्थालाई प्रहार गर्ने तथा कुनै अमुक व्याक्तिको राजनितिक अभिष्ट पुरा गर्ने उद्देश्यले सारिएको आयोजनाको आ-आफ्नो क्षेत्रका सम्पुर्ण जनता र राजनितिक दलले सँयुक्त रुपमा यसको पुर्ण बिरोध गर्ने जनाउनु भयो । वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणले यस आयोजना नितान्त रुपमा राष्ट्रिय स्वार्थ भन्दा अरु कुनै देशको निहित स्वार्थबाट प्रेरित यो कार्यक्रम कुनै पनि रुपमा योग्य नभएको र हाम्रो सामाजिक, धार्मिक तथा परिस्थिति प्रणालि माथिको ठाडो हस्तक्षेप भएकाले यो गण्डकी तथा लुम्बिनी प्रदेशमा जनस्तरबाटै अनुमोदन नहुने बताउनु भयो ।

ने क पा माओवादी (केन्द्र)का केन्द्रिय सदस्य अमृता थापाले यो कुरालाई सबैले बुझेर बिरोध गर्नुपर्ने तथा राष्ट्रिय राजनीतिमा नै असर गर्ने यस्ता परियोजनामा सरकारी पक्षले पुरापुर अध्ययन तथा निरिक्षण गरेर ल्याउनु पर्नेमा हचुवाको भरमा र अरुको स्वार्थको लागि आयोजना अगाडि सारिएकोमा आफ्नो बिरोध जनाउनु भयो। प्रमुख बक्ता तथा गण्डकी प्रदेशका प्रदेश प्रमुख कृष्ण चन्द्र नेपालीले कालिगण्डकी सामान्य नदि नभएर यो सम्पूर्ण हिन्दुहरुको आस्थाको प्रतिक भएको र यसले गण्डकी प्रदेशको समग्र सास्कृति तथा भौगोलिक अवस्थालाई प्रतिनिधित्व गर्नेहुदा यो आयोजनाको गण्डकी प्रदेश बिरोध गर्दछ भन्ने कुरा बताउनुभयो । उँहाले लुम्बिनि प्रदेशका दुई जिल्लाहरु रुपन्देहि तथा कपिलवस्तुको सिञ्चाईका लागि अन्य विकल्पहरु हुँदाहुदै यो हठात रुपमा कसैसँग सरसल्लाह नगरी मात्र राजनीतिक स्वार्थका लागि ल्याएको बताउनु भयो ।

सहभागिहरुले वक्ताहरुसँग विभिन्न जिज्ञासा राखेका थिए तथा राजनीतिज्ञ तथा वातावरण विज्ञहरुले पनि सहभागिहरुको प्रश्नको सक्दो उत्तर दिनुभएको थियो । विपि कोईराला स्कुल अफ पब्लिक पोलिसि गण्डकी प्रदेशका अध्यक्ष तथा ने वि सघका नेता नारायण पाण्डेले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथि तथा सहभागिलाई धन्यवाद दिँदै यस संस्थाले सधै जनताका आवाजलाई वुलन्द पार्ने काम गर्दैआएको र आगामि दिनमा पनि जनसरोकारका कुरालाई ससक्त रुपमा उठान गर्ने कुरा बताउनुभयो ।

Facebook Comments Box
TOP