युवा संघद्वारा आयोजित रक्तदान कार्यक्रममा १९० युनिट रगत संकलन ।
वालिङ:
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा वालिङमा खुल्ला रक्तदान कार्यक्रम गरीएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि स्याङ्जाको आयोजनामा ‘रक्तदान जिवनदान जिवनदान महादान’ भन्ने नाराका साथ आयोजित खुल्ला रक्तदान कार्यक्रममा १९० युनिट रगत संकलन भएको राष्ट्रिय युवा संघले जानकारी दिएको छ । कार्यक्रममा १२ जना महिला र १७८ पुरुष गरी १९० जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा समाजसेवी कृष्ण खांणलाई रक्तव्याग हस्तान्तरण गरी उद्दघाटन गरिएको थियो । राजनिति तथा समाजसेवामा सक्रिय खांणले अहिलेसम्म ४०औँ पटक रक्तदान गरेको बताए । रक्तदान कार्यक्रमको उद्दघाटन गर्दै नेकपा एमाले केन्द्रिय कमिटि सदस्य एवं जिल्ला ईन्चार्ज सिता सुन्दासले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको स्मृति दिवसका अवसरमा युवा संघले आयोजना गरेको रक्तदानले रगत अभावमा जिवन र मृत्युसंग लडिरहेकाहरुका लागी जिवनदान हुने बताईन् । साथै उनले पुष्पलालकोे ऐतिहासिक भुमिका र योगदानप्रति नेपाली समाज अभारी रहेको भन्दै उनले पुष्पलालले देखाउनुभएको मार्गमा कम्युनिष्ठ पार्टी हिड्नुपर्ने बताईन् ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एवं गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मी, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एवं पुर्व जिविस सभापति रामबहादुर थापा, एमाले जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ, युवा संघका केन्द्रिय सचिव महेन्द्रकुमार गुरुङ, अनुशासन आयोगका केन्द्रिय कमिटिका अध्यक्ष भरत गोदार, राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला ईन्चार्ज दामोदर तिवारी लगायतले मन्तव्य राखेका थिए । राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष तिलबहादुर सेन पारसको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत केन्द्रिय सदस्य शुसिल खनाल, सञ्चालन जिल्ला सहसंयोजक किसान श्रेष्ठले गरेको राष्ट्रिय युवा संघका जिल्ला सदस्य मनोज खड्काले जानकारी दिए ।
रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिनुभएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।
समाचार
थप सामाग्रीस्याङ्जा चापाकोटमा सकेट बिस्फोट ,एक घाइते
३ हप्ता अगाडि
गोपिकृष्ण रेग्मी/चापाकोट : स्याङ्जाको चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउमा सकेट बम विस्फोट हुँदा एक जना घाइते भएका छ्न । चापाकोट नगरपालिका…