स्याङ्जाका चार अधिकारी दाजु भाईको ‘बरिलै’ मरुन एकेडेमी मार्फत सार्वजनिक ।
वालिङ :
चार जना अधिकारी दाजु भाईहरुले मरुन एकेडेमी मार्फत जनचेतना मुलक गीत ‘बरिलै’ सार्वजनिक गरेकाछन् । मरुन एकेडेमी अफ परफर्मिङ आर्टस् ले एन पि साउण्ड को सहकार्यमा जीवनका हर आयाममा उत्साह भर्ने गित ‘बरिलै’सार्वजनिक गरेको हो ।
‘आज हो की भोलि हो थाहा छैन जीवन, नगरौं है गरुङ्गो यो मन,….. यो संसार फेरि उठ्ने छ,……. हामी पुन यथास्थिति मा आउने छौं……, केही धैर्य गरौं’ जस्ता मन लाई सान्त पार्ने खालका शब्दले बर्तमान् परिस्थितीलाई उजागर गरेको छ ।
विश्व नैं कोरोना माहामारीले आक्रान्त भैरहेको र महामारी ले मानिसको जनजीवनसँगै मानसिक रुपमा समेत नराम्रो सँग क्षति पुर्याएको अवस्थालाई मध्यनजर गर्दै जनचेतना मूलक गीत सार्वजनिक गरिएको मरुन एकेडेमीका सञ्चालक सविना दाहाल अधिकारीले जानकारी दिनुभयो ।
ओसो सन्यासी पवन अधिकारीको शब्द संगीत मा रहेको उक्त गीत सञ्जय अधिकारीले गाउनु भएको हो जसमा बिक्रम अधिकारी र सुर्य अधिकारीको संगित रहेको छ ।
गितको छायाँकन द नेक्स्ट लेभल प्रडक्सनले गरेको हो भने वेड फिल्मस्को सम्पादन रहेको छ । यो लोक भाकामा आधारित एउता उत्साह भर्ने खालको गीत हो एनपि साउन्डस्का निर्देशक आकाश धिमालले बताउनुभयो ।
गीतका निर्देशकका रमेश रिजालका अनुसार – गीतमा मानब समबेदनालाई मिठो रुपम प्रस्तुत गर्न सम्पादनमा रङहरुको मिश्रणको बिधिलाई अलि फरक तरिकाले देखउन खोजिएको छ । गितको छाँयान्कन पुरानो बटौलि बाजारको गल्लिहरमा गरिएको छ । पुराना घरहरु बीच गाउँदै बजाउँदै हिडँदै सबैलाई उत्साह भरेको दृश्य गितमा हेर्न पाइन्छ ।
अधिकारी दाजुभाईको घर स्याङ्जाको वालिङमा पर्दछ, उनीहरु सहोदर दाजुभाई हुन् ।
गीत हेर्न यहाँ क्लिक गर्नु होस् ।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


