पेट्रोलियम पदार्थ मूल्यबृद्धिका विरुद्धमा चरणबद्ध आन्दोलनको घोषणा ।
काठमाडौँ । विपक्षी दलका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिका विरुद्धमा चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
नेपाल आयल निगमलाई असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्दै माग सम्बोधन नभएकाले विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।
कार्यक्रम अनुसार असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेका छन् ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


