पेट्रोलियम पदार्थ मूल्यबृद्धिका विरुद्धमा चरणबद्ध आन्दोलनको घोषणा ।

काठमाडौँ । विपक्षी दलका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिका विरुद्धमा चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
नेपाल आयल निगमलाई असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्दै माग सम्बोधन नभएकाले विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

कार्यक्रम अनुसार असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेका छन् ।

 

Facebook Comments Box
TOP