स्याङ्जाको चापाकोटमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु ।

चापाकोट:
स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका १ का राजु गैह्रे रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।
हिजो शनिबार राति ७:४५ बजे लु २० प ३०९० नम्बरको मोटरसाइकललाई राजु गैह्रे आफैले चलाएका थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् प्रहरी निरिक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार चापाकोटबाट चौधेरा तर्फ जादैँ गर्दा मोटरसाइकल अनियन्त्रीत भई करिब २० मिटर तल खस्न उनको घटनास्थल मै मृत्यु भएको थियो ।
गैह्रेको शव पोष्टमार्टमको लागि चापाकोट अस्पताल लगिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…