गण्डकीमा माओवादी केन्द्रबाट तीन जना मन्त्री थपिए ।
पोखरा:
गण्डकीमा माओवादी केन्द्रबाट तीन जना मन्त्रीको टुङ्गो लागेको छ। बिहीबार बसेको कांग्रेस र माओवादी केन्द्रबीचको बैठकले माओवादीबाट सरकारमा जाने तीन सांसदको टुंगो लगाएको हो ।
माओवादीका सांसद दीपक कोइरालाका अनुसार अर्थमा कास्किका रामजी बराल, कृषिमा बाग्लुङका चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा स्याङ्गजाका दीपक थापा चर्तिमगरलाई माओवादीले गण्डकी सरकारमा पठाउने निर्णय भएको छ । तीनैजना मन्त्रीको शपथ शुक्रबार दिउँसो १ बजेका लागि तय भएको सांसद कोइरालाले जानकारी दिए । यसअघि माओवादीबाट मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसक्नुभएको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


