चाइनिज ताइपेई बिरुद्द नेपालको २-० गोलको जित ।

काठमाडौं :

बिहीबार राति कुवेत सिटीमा भएको खेलमा नेपालले चाइनिज ताइपेई बिरुद्द २-० गोलले जित निकालेको छ । नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। यो सँगै फिफा विश्वकप २०२२ को छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले दोस्रो जित हात पारेको छ।

खेलको तेस्रो मिनेटमा ताइपेईका खेलाडीले डिबक्सभित्र ह्याण्डबल गरेपछि नेपालले पेनाल्टि पाएको थियो। उक्त पेनाल्टीमार्फत अन्जन विष्टले गोल गरेका थिए। दोस्रो गोल नेपालले ८१ मिनेटमा गरेको थियो । सुनील बलको स्थानमा ६९ मिनेटमा  मैदान छिरेका नवयुग श्रेष्ठले सुमन अर्यालले दिएको सटिक पासलाई सुन्दर गोलमा परिणत गरेका थिए। समूह बी मा रहेको नेपालले दोस्रो जित हात पारेको हो। यसअघि नेपालले ताइपेईलाई नै २-० गोलले पराजित गरेको थियो। अब नेपालले छनोटमा जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ।
साथै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यो जित कोभिड–१९ विरुद्ध खटिएका नेपालका अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूप्रति समर्पित गरेका छन् ।

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP