वालिङ : आर्थिक उपार्जनका लागि बंगुर वितरण
तोलाकान्त बगाले/वालिङ :स्याङ्जाको वालिङ नगरपालिकाले न्यून आय भएका परिवारको आर्थिक उपार्जनका लागि बंगुरका पाठापाठी वितरण अभियान थालेको छ ।
आर्थिक स्तर न्यून भएका नागरिकहरुलाई उनीहरुको मागका आधारमा समेत नगरपालिकाले बंगुरपालनको संभावना भएका नगरका तीन ठाउँलाई ‘बंगुर पकेट कार्यक्रम’ घोषणा गरी ब्यवसायिक बंगुरपालनलाई अगाडि बढाएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘बंगुर पकेट कार्यक्रम’ अन्तर्गत नगरपालिकाले आज वालिङ ८ को पारिबन बन उपभोक्ता समूहमा आबद्ध २४ जनालाई जनही २÷२ वटाका दरले ४८ वटा बंगुरका पाठापाठी वितरण गरेको हो । यसअघि गत आईतबार वालिङ ७ ताप्केस्थित सिर्जना बंगुरपालन समूहलाई ३५ वटा पाठापाठी वितरण गरिसकेको छ भने अब वालिङ ६ को लाङघाली बंगुरपालन समूह धनुबाँसेलाई वितरण गर्ने तयारीमा नगरपालिका रहेको छ ।
वडा नं. ६ को लाङघाली बंगुरपालन समूह धनुबाँसे, ७ को सिर्जना बंगुरपालन समूह र ८ को पारिबन बन उपभोक्ता समूहलाई ‘बंगुर पकेट क्षेत्र’ कारुपमा विकास गर्नका लागि बंगुरका पाठापाठी वितरण गरेको उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
घोषणा गरिएका पकेट क्षेत्रहरुमा बंगुरका पाठापाठी वितरण, कृषकहरुलाई आवश्यक तालीम तथा औषधोपचारका लागि सहयोग गर्ने र विशेष गरी ब्यवसायिकतामा जोड दिईने उपप्रमुख तिवारीले बताउनुभयो ।
कृषकहरुलाई ब्यवसायिक बनाउन आवश्यक पर्ने सहयोगका लागि नगरपालिका प्रतिबद्ध छ रहेको उपप्रमुख तिवारीले बताउनुभयो ।
सामूहिक वा ब्यक्तिगतरुपमा बंगुरपालन गर्न चाहने कृषकहरुका लागि आवश्यक अनुदान दिने, उत्पादित पाठापाठी तथा मासुको बजारीकरणको ब्यवस्था मिलाउने काम नगरपालिकाले गर्ने उपप्रमुख तिवारीको भनाई थियो ।

सानो संख्यामा र परम्परागत तबरबाट गर्दै आउनुभएको निर्वाहमुखी ब्यवसायलाई अब आधुनिक र थप ब्यवसायिकतातर्फ उन्मुख गराउन यो अभियान सञ्चालन गरिएको वालिङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले बताउनुभयो ।
चालु आर्थिक वर्षका लागि दश लाख बजेट विनियोजन भएको र आगामी आर्थिक वर्षका लागि पनि निरन्तर बजेटको ब्यवस्थापन हुने गरी कार्यक्रम अगाडि बढाईएको वालिङ नगरपालिका पशु विकास शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।
नगरपालिकाले घोषणा गरेको तीन वटा बंगुर पकेट क्षेत्रमध्ये शनिबार सिर्जना बंगुरपालन समूह वालिङ ७ ताप्केमा ३५ वटा बंगुरका पाठापाठी वितरण गरिएको थियो ।

यसवर्ष नगरपालिकाले तीनवटा पकेट क्षेत्रमा एकसय ४५ वटा बंगुरका पाठापाठी वितरण गर्ने, कृषकहरुलाई आवश्यक ज्ञान सीपसहित तालीमहरु दिने, औषधि उपचारको ब्यवस्था मिलाउने छ । वालिङलाई माछा मासु तथा अण्डामा आत्मनिर्भर बनाउनका लागि यसखालका कार्यक्रमहरुले निक्कै महत्वपूर्ण भूमिका राख्ने भएकाले यो अभियानमा नगरपालिकासहित लक्षित कृषकहरु झन सक्रिय हुनु आवश्यक रहेको डा. अधिकारीले बताउनुभयो । बंगुरका पाठापाठी वितरण कार्यक्रम पारिबन उपभोक्ता समूहका अध्यक्ष युक्तबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पशु विकास शाखाका प्राविधिक लेखनाथ अर्यालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


