युएनडीपीद्वारा गण्डकी प्रदेश सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान ।
पोखरा :
संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीले गण्डकी प्रदेश सरकारलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
युएनडिपीको टोलीले सामाजिक बिकास मन्त्रालय मार्फत गण्डकी प्रदेश सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले जानकारी दिनुभयो ।
उहाँले अक्सिजन कन्सन्ट्रेटर कोभिडबाट संक्रमित भएका बिरामीहरुको जीवन रक्षाको लागि अत्यन्तै उपयोगी रहेको बताउनु भयो । युएनडिपीले ५ लिटर र १० लिटरका कन्सन्ट्रेटर प्रदान गरेको हो ।
अक्सिजन कन्सन्ट्रेटर बुझ्दै सामाजिक बिकास मन्त्रालयका सचिव बिनोद बहादुर कुँवरले अक्सिजन कन्सन्ट्रेटर आवश्यक्ता अनुशार प्रदेशका बिभिन्न अस्पतालमा पठाईने बताउनु भयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्मा,सहसचिव शम्भु ज्ञवाली, डब्लु इचओको भानु याङेदेन, युएनडिपीका प्रकृति जिसी र सरिता धौगडेल लगायतको उपस्थिती रहेको थियो ।

समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


