विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन
काठमाडौँ : विवकेशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको निधन भएको छ ।
उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले बताएका छन् । केहीदिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् ।
कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र…


