कर छुट जरिवाना मिनाहा गर्न माग
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले कोभिड–१९) को अवधिमा भएको बन्दाबन्दीको समयमा लाग्ने कर छुट र जरिवाना मिनाहा गर्नुपर्ने माग गरेको छ । संघले एक विज्ञप्ती जराी गर्दै कर छुट र जरिवाना मिनाहा गर्न माग गरेको हो ।
लामो समयदेखि भएको बन्दाबन्दीले ठूला तथा साना उद्योगी व्यवसायी टाट पल्टने अवस्थामा पुगेको भन्दै संघले यस अवधिमा लाग्ने संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति र स्थानीय सरकारले लिने कर छुट गरी जरिवाना मिनाहा गर्न विषयगत मन्त्रालय र तीनै तहका सरकारसँग विज्ञप्ती मार्फत माग गरेको छ ।
संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्तीमा कोरोनाको पहिलो लहरमै आक्रान्त बनेका व्यवसायी दोस्रो लहरमा थला परेको बताउँदै व्यवसायीको पिडामा कर छुट र जरिवाना मिनाहा गर्दा मलम लगाएको अनुभूति हुने बताईएको छ ।
“हामी व्यवसायी बैंकको किस्ता, व्याज र जरिवाना सहित व्यवस्थापकीय खर्च जुटाउन नसक्ने अवस्थामा पुगेका छौं ।” संघका कोषाध्यक्ष खालिद मियाँले भने, “किस्ता, व्याज र व्यवस्थापकीय खर्च त दैनिकी हो, उता सरकारले कर र जरिवाना लगाउँदा व्यवसायी उठनै नसक्ने अवस्थामा पुग्ने निश्चित छ ।” व्यवसायीको थप पिडा कम गर्न सरकारसँगै समयमै माग गरेको उनले बताए ।
संघले कर छुट र जरिवाना मिनाहाका लागि स्थानीय प्रशासन मार्फत संघीय सरकार, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण समेत गराएको छ । संघले व्यवसायीलाई लाग्ने कर छुट र जरिवाना मिनाहा गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश महासंघलाई समन्वय गर्न आग्रह गरेको छ ।
विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपालको निजी क्षेत्र नराम्रोसँग प्रभावित भएको दाबी गर्दै संघले जारी गरेको विज्ञप्तीमा साना व्यवसायीले घरबहाल कर समेत तिर्न नसक्ने अवस्था आएको जिकिर गरिएको छ । विज्ञप्तीमा कोभिड बिरुद्धको खोप पाउने नागरिकको नैसर्गिक भएर पनि अग्रभागमा देखिने व्यवसायी पनि त्यो अधिकारबाट बञ्चित भएको दाबी गरिएको छ । संघले खोपको व्यवस्थापन गर्न जोडदार माग गरेको छ ।
संघले जारी गरेर हस्तान्तरण गरेको विज्ञप्ती बुझ्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत उज्वल बस्नेतले व्यवसायीको मागलाई सम्बोधन गर्न सरोकारवाला निकायलाई घचघच्याउँने विश्वास दिलाए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


