स्याङ्जामा केही खुकुलो पार्दै एक हप्ता थपियो निशेधाज्ञा, यातायात र बैंकमा नयाँ नियम लागु,हेर्नुहोस् ।
स्याङ्जा :
स्याङ्जामा आउँदो असार १५ सम्मका लागि निषेधाज्ञा बढाईएको छ । असार ७ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर असार १५ गते सम्म पुर्याईएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखिे निषेधाज्ञा शुरु भएको हो ।
जिल्लामा निशेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । रातो नम्वरका काडीहरुमा जोर बिजोर प्रणली शुरु भएको छ भने बैंक तथा बित्तिय संस्था स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि १२ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको भएको भन्दै प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत आग्रह गरेको छ ।
यस्तो छ नयाँ नियम र आदेश :
१. निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्ति घर बाहिर ननिस्कने ।
२. सवै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, मेला महोत्सव गर्न तथा कुनै प्रकारको खेलकुद प्रतियोगिता सञ्चालन गर्न निषेध गर्ने ।
३. एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधन, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधनहरु, सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस तथा संचारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु, पाठ्यपुस्तक बोकेका सवारी साधनहरु बाहेक स्याङ्जा जिल्लाभर यात्रुवाहक सार्वजनिक सवारी साधनहरुको संचालनमा रोक लगाउने ।
यस जिल्लामा मात्र संचालन गर्न पाइने गरी निजी (रातो नं. प्लेटका) सवारी साधनहरु जोर विजोरको आधारमा (जोर गते जोर नं. र विजोर गते विजोर नं.) संचालन गर्न सकिने छ । सिद्धार्थ राजमार्ग हुँदै अन्य जिल्ला जाने यात्रुवाहक सवारी साधनहरुबाट यस जिल्ला भित्र यात्रु चढाउन र ओराल्न नपाउने गरी आवागमन गर्न बाधा नपर्ने ।
४. सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, चिया पसल, नाँचघर, क्लव, फुटसल, जिमखाना, ब्युटी पार्लर, शैलुन, फुटपाथ
पसल लगायतका सेवा एवं स्थलहरु नखोल्ने तथा संचालन नगर्ने ।
५. विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै संचालन गर्नुपर्ने र त्यस्ता कार्यक्रमहरुमा स्वास्थ्य सुरक्षाका
मापदण्ड अनिवार्य रुपमा अपनाई (विवाहको हकमा दुवै पक्ष गरी) १५ जना भन्दा बढी सहभागी हुन नपाईने ।
६. औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने । माथी ४ नं. मा उल्लेखित व्यवसाय बाहेक अन्य व्यवसायहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई दिनमा १ पटकमात्र बिहान ५ः०० बजेबाट १२ः०० बजेसम्म मात्र संचालन गर्न पाउने ।
७. स्वास्थ्य–सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकलबाट प्रवाह हुने सेवा तथा विकास निर्माणसँग सम्बन्धित सबै सेवा सुचारु
रहने । अन्य सरकारी कार्यालयहरु सिमित सेवाहरु संचालन गर्ने गरी खुला रहनेछन् । सरकारी कार्यालयहरुबाट प्रदान
गर्न सकिने सेवाहरुको सम्बन्धमा सम्बन्धित कार्यालयहरुले आवश्यक जानकारी गराउने ।
८. मठ मन्दिरहरु तथा विभिन्न धार्मिकस्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पूजा बाहेक अन्य सम्पूर्ण सामाजिक, . साँस्कृतिक र धार्मिक गतिविधिहरु सञ्चालन नगर्ने ।
९. बैंक तथा वित्तीय संस्थाका सेवाहरु स्वास्थ्यका मापदण्डलाई पूर्ण रुपमा पालना गरी सञ्चालनमा रहने । १०.कामदार तथा सुपरभाइजर यथास्थानमा रही स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर मात्र विकास आयोजना सञ्चालन गर्ने ।
स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म ९४ ज्यान गुमाएका छन भने तीर्न हजार ३२ जना संक्रमित मध्ये ३९७ सक्रिय संक्रमित रहेका छन् ।
समाचार
थप सामाग्रीगण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्
५ दिन अगाडि
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सोमबार नेकपा (एमाले) बाट चार मन्त्री थपिएपछि…