स्याङ्जाका ५ दलले भने,‘नेपाल सरकारको वजेट आफ्ना गुट र आसेपासलाई पोस्न प्रयोग भयो’ ।

notice dal

स्याङ्जा :
स्याङ्जाका बिभिन्न ५ दलले नेपाल सरकारको बजेट आफ्ना गुटका कार्यकर्ता र आसेपासेलाई पोस्न मात्रै प्रयोग भएको आरोप लगाएकाछन् । संयुक्त रुपमा बिज्ञप्ती निकाल्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् ।
बिज्ञप्तीमा भनिएको छ, ‘केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले नेपाल सरकारको वजेट आफ्ना गुटका कार्यकर्ता र आसेपासे पोस्न प्रयोग भएप्रति हामी गंभिर आपत्ती प्रकट गर्दछौं । यस्तै राज्य संयन्त्रको दुरुपयोग गरी आग्रह र पुर्वाग्रहका साथ निस्चित स्वार्थसमूहको अभीष्ट पुरा गर्ने ढंगबाट कुनैपनि गतिविधि नगर्न नगराउन चेतावनी समेत दिर्दै न्याय संपादन, विकास, सुशासन, शान्ति सुरक्षाका विषयमा हाम्रो साझा अभियान जारी रहनेछ । हामी स्थानीय स्तस्का जनताका हरेक समस्याको समाधानका लागि जुन सुकै अवस्थामा पनि परिचालित हुन, सहकार्य गर्न र सहयोग गर्न तत्पर रहेको अवगत गराउन चाहन्छौं ।’
त्यस्तै बिज्ञप्तीमा राज्य संयन्त्रको दुरुपयोग गरी आग्रह र पुर्वाग्रहका साथ निस्चित स्वार्थसमूहको अभीष्ट पुरा गर्ने ढंगबाट कुनैपनि गतिविधि नगर्न नगराउन चेतावनी समेत दिईएको छ । नेकपा एमाले माधव नेपाल समूह सहितका पाँच दलले न्याय संपादन, विकास, सुशासन, शान्ति सुरक्षाका विषयमा हाम्रो साझा अभियान जारी रहेको स्पष्ट पारेकाछन् ।
उनीहरुले स्थानीय स्तरका जनताका हरेक समस्याको समाधानका लागि जुन सुकै अवस्थामा पनि परिचालित हुन, सहकार्य गर्न र सहयोग गर्न तत्पर रहेको अवगत गराएकाछन् ।
यसैगरी बिज्ञप्तीमा ‘सरकारका प्रतिनिधिले नेपालको संविधानको मर्म विपरीत राज्य विखण्डनको आशय झल्किने गरी दिएको अभिव्यक्तिप्रतिे गंभिर ध्यानाकर्षण भएको छ । त्यतिमात्र होइन सरकारले हालै अध्यादेश मार्फत ल्याएको बजेटमा चुरे दोहन गरी आफना कार्यकर्ता पोस्ने देशघाती प्रपन्च जे रचिएको छ त्यो राज्य विरुद्धको जघन्य अपराध हो भन्ने हाम्रो ठहर रहेको छ । कोभिड महामारीको संकटमा मानवीय संवेदनालाई समेत बेवास्ता गर्दै राज्य संयन्त्रबाट स्वास्थ्य सामाग्रीमा भएको कमिसनखोरी तथा भ्रष्टाचार, उपचारमा भएको गैरजिम्मेवारी र व्यवस्थापनका नाममा भएको अनियमितताका विरुद्ध खबरदारी गर्दै यथाशिघ्र यस प्रकृतिका दुस्कार्य रोक्न समेत सम्बन्धित पक्षलाई सचेत गराउँदछौं। भनिएको छ ।
निश्चित स्वार्थका खाँतिर नेपालको सार्वभौमता नै संकटमा पार्ने कुटिल ध्येयका साथ प्रस्तुत गरिएको नागरिकता विधेयकले यो सरकारको कुनियत उदाङ्ग भएको उल्लेख गर्दै बिज्ञप्तीमा केवल सत्तामा टिकिरहन बद्नियतपूर्क गरिएका सरकारी कुकार्यको हामी कडा प्रतिवाद गर्दै देशको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र सर्व पक्षीय हितका साझा मुद्दामा पार्टी गठबन्दनलाई थप मजबुद गर्दै स्थानीय तहसम्म विस्तार गरी सबै खाले संर्घष गर्न तयार रहेको जानकारी गराईएको छ ।
बिज्ञप्तीमा नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धि बहादुर राना,नेकपा माओवादी केन्द्र स्याङ्जाका संयोजक शैलेन्द्र घिमिरे,नेकपा एमाले स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराई,जसपा स्याङ्जाका अध्यक्ष ख्याम नारायण ढकाल र राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र प्रसाद गैह्रेको संयुक्त हस्ताक्षर रहेको छ ।

notice dal
notice dal
Facebook Comments Box
TOP