सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको गौडेपुल नजिकै अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो । सडकको तल्लो भागबाट खोलाले कटान र पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जगबाटै राजमार्ग बगाएपछि पुन: डाइभर्सन गरेर सडक सुचारु गरिएको सडक डिभिजनले जनाएको छ । पहाडी भेगबाट तराई झर्ने छोटो दूरीको सडक अवरुद्ध हुँदा सवारीसाधन अलपत्र परेका थिए । पहिरोमा वारपार गर्नसमेत समस्या भएको थियो ।
सडक एकतर्फी खुलेपछि पालैपालो दुई साइडबाट सडकमा अलपत्र सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ । माथिल्लो क्षेत्रबाट लामो पहिरो खसेकाले वर्षा हुनासाथ पुन: सडक अवरुद्ध हुन सक्ने सडक डिभिजनले जनाएको छ । पाल्पाकै आर्यभन्ज्याङ रामपुर सडकमा खसेको पहिरो नहटाउँदा पूर्वबाट सदरमुकाम आवातजावत तीन दिनदेखि अवरुद्ध भएको छ । पाल्पाकै रामपुर जाने ६५ किलोमिटर सडकको दर्जन बढी स्थानमा पहिरो खसेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


