२०७८ सालमा अघिल्लो सालको भन्दा धेरै वर्षा हुने । पूर्व तयारीमा लाग्न सम्वन्धित निकायलाई आग्रह ।
काठमाण्डौं : राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा अघिल्लो सालको भन्दा धेरै वर्षा हुने जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरोले धेरै ठाँउमा असर गर्नसक्ने बताएका छन् ।
उनले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष अझ कहालीलाग्दो अवस्था हुनसक्ने बताए । उनले भने, पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षती बेहोर्नुपर्यो । डा पोखरेलले बाढी, पहिरो, रोगब्याधी, लगायतले धेरै दिनसम्म पिरोल्ने भएकाले विपत् बाट बच्न पूर्वतयारी आवश्यक रहेको बताए । जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । ‘हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ । सर–सामग्रीको जोहो गर्ने बेला यही हो । यहि बेलाबाट नै तयारी शुरु गरौँ ’ उनले भने । विपत्बाट बच्नका लागि र जानकारी प्राप्त गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफुहरुले प्रेसित गर्ने सन्देशहरू निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरे ।
समाचार
थप सामाग्री
कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र…


