पोर्चुगलको विजयी सुरुवात, रोनाल्डोको कीर्तिमानी गोल ।

मंगलबार भएको खेलमा पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी दुई गोल र गुरेरोको एक गोलले घरेलु टिम हंगेरीलाई ३-० गोलले पराजित गरेको छ ।

खेलको ८४ मिनेटमा पोर्चुगलका गुरेरोले पहिलो गोल गरेका थिए भने रोनाल्डोले ८७ मिनेट र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे । रोनाल्डोले पहिलो गोल पेनाल्टीमा  गरेका थिए। हंगेरीका ओर्बानले राफा सिल्भालाई फल गरेपछि पेनाल्टी दिइएको थियो।   रोनाल्डोले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे।

खेलमा रोनाल्डोले तीन वटा रेकर्ड बनाए। उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी बने भने लगातार पाँच युरोमा गोल गर्ने पहिलो खेलाडी बने। साथै उनी पाँच युरो कप खेल्ने पहिलो खेलाडी पनि बने। उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन । उनले युरोकप फुटबलमा ११ गोल गरेका छन ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP