पोर्चुगलको विजयी सुरुवात, रोनाल्डोको कीर्तिमानी गोल ।

मंगलबार भएको खेलमा पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी दुई गोल र गुरेरोको एक गोलले घरेलु टिम हंगेरीलाई ३-० गोलले पराजित गरेको छ ।

खेलको ८४ मिनेटमा पोर्चुगलका गुरेरोले पहिलो गोल गरेका थिए भने रोनाल्डोले ८७ मिनेट र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे । रोनाल्डोले पहिलो गोल पेनाल्टीमा  गरेका थिए। हंगेरीका ओर्बानले राफा सिल्भालाई फल गरेपछि पेनाल्टी दिइएको थियो।   रोनाल्डोले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे।

खेलमा रोनाल्डोले तीन वटा रेकर्ड बनाए। उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी बने भने लगातार पाँच युरोमा गोल गर्ने पहिलो खेलाडी बने। साथै उनी पाँच युरो कप खेल्ने पहिलो खेलाडी पनि बने। उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन । उनले युरोकप फुटबलमा ११ गोल गरेका छन ।

Facebook Comments Box
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि

आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…

TOP