पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनकाे मूल्यवृद्धि
काठमाडौं : नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीनै पदार्थमा दुई रुपैयाँ मूल्य वृद्धि भएको जानकारी दिनुभयो । मूल्य बढेसँगै अब पेट्रोल १ सय २५, डिजल १ सय ८ र मट्टितेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ ।
निगमले एलपी ग्यासमा भने मूल्यवृद्धि गरेको छैन ।
निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा भएपछि मूल्यवृद्धि गर्नुपरेको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।
यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


