स्याङजाका चार पालिकालाई बिद्यार्थी नेताहरुले उपलब्ध गराए अक्सिजन कन्सन्ट्रेटर ।
खगिन्द्र पौडेल/वालिङ :
स्याङजाका चार पालिकालाई बिद्यार्थी नेताहरुले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका छन ।
नेपाल बिद्यार्थी सँघका महामन्त्री युवराज पाण्डे र पूर्व केन्द्रिय सदस्य गुरुप्रसाद भट्टराई लगायतको पहल तथा नेपाल मेडिकल एसोसिएनको सहयोगमा अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराइएको हो ।
कोरोनाको प्रभावका आधारमा वालिङ नगरपालिकालाई दुई थान, गल्याङ, भिरकोट र चापाकोट नगरपालिकालाई एक/एक थान कन्सन्ट्रेटर प्रदान गरिएको नेबिसघका नेता नारायण पाण्डेले बताउनुभयो ।
कन्सन्ट्रेटर बुझ्दै वालिङ नगरपमुख दिलिप प्रताप खाँण, चापाकोट नगर प्रमुख शिवकुमार गिरी, भिरकोट नगर प्रमुख छाँयाराम खनाल तथा गल्याङ नगर प्रमुख भुपराज अधिकारीले सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो । कोरोना महामारीको समयमा जस्तो सुकै सहयोग पनि नगरपालिकाहरुलाई मुल्यवान हुने उहाँहरुको भनाई छ ।




समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
४ हप्ता अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


