स्याङजाका चार पालिकालाई बिद्यार्थी नेताहरुले उपलब्ध गराए अक्सिजन कन्सन्ट्रेटर ।
खगिन्द्र पौडेल/वालिङ :
स्याङजाका चार पालिकालाई बिद्यार्थी नेताहरुले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका छन ।
नेपाल बिद्यार्थी सँघका महामन्त्री युवराज पाण्डे र पूर्व केन्द्रिय सदस्य गुरुप्रसाद भट्टराई लगायतको पहल तथा नेपाल मेडिकल एसोसिएनको सहयोगमा अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराइएको हो ।
कोरोनाको प्रभावका आधारमा वालिङ नगरपालिकालाई दुई थान, गल्याङ, भिरकोट र चापाकोट नगरपालिकालाई एक/एक थान कन्सन्ट्रेटर प्रदान गरिएको नेबिसघका नेता नारायण पाण्डेले बताउनुभयो ।
कन्सन्ट्रेटर बुझ्दै वालिङ नगरपमुख दिलिप प्रताप खाँण, चापाकोट नगर प्रमुख शिवकुमार गिरी, भिरकोट नगर प्रमुख छाँयाराम खनाल तथा गल्याङ नगर प्रमुख भुपराज अधिकारीले सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो । कोरोना महामारीको समयमा जस्तो सुकै सहयोग पनि नगरपालिकाहरुलाई मुल्यवान हुने उहाँहरुको भनाई छ ।




समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


