संसदीय सुनुवाइविना संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त
काठमाण्डाै : राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग, लाेक सेवा आयाेग, निर्वाचन आयाेगलगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्नुभएकाे छ । संवैधानिक परिषद्ले गएकाे हप्ता सिफारिस गरेका पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएकाे हाे ।
गएकाे वैशाख २६ गते बसेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयाेग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयाेग र मुस्लिम आयाेगमा २० पदाधिकारी सिफारिस गरेकाे थियाे ।
प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाइ विना नै २० पदाधिकारीकाे नियुक्ति भएकाे हाे ।
कुन निकायमा काे नियुक्त ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
डा. हरि पाैडेल, आयुक्त
डा. सुमित्रा श्रेष्ठ ब्याञ्जु, सदस्य
लोक सेवा आयोग
माधवप्रसाद रेग्मी, अध्यक्ष सदस्यहरुमा
माधव बेल्बासे, सदस्य
वीरबहादुर राई, सदस्य
दिनेश सिलवाल, सदस्य
मञ्जु कुमारी, सदस्य
निर्वाचन आयोग
सगुनशम्शेर जबरा, आयुक्त
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
विपिन राज निरौला, सदस्य
राष्ट्रिय महिला आयोग सदस्यमा
जया घिमिरे, सदस्य
सावीत्रा कुमारी शर्मा, सदस्य
राष्ट्रिय दलित आयोग
सुन्दर पुर्कुटी, सदस्य
राष्ट्रिय समावेशी आयोग
रामकृष्ण तिमल्सेना, अध्यक्ष
पुष्पराज तिमिल्सिना, सदस्य
मानप्रसाद खत्री, सदस्य
आदिवासी जनजाति आयोग
सूर्यबहादुर गुरुङ, सदस्य
मधेशी आयोग सदस्यमा
आभाकुमारी, सदस्य
थारु आयोग
डा. उमाशंकरप्रसाद चौधरी, सदस्य
शान्ति मोदी, सदस्य
मुस्लिम आयोग
मोहम्मद समशुल हक, सदस्य

समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


