आज राति नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुदै ।

काठमाण्डौ:
आज राति ९ : ४५ बजे नेपाल र जोर्डनबीच फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा प्रतिस्पर्धा हुँदैछ। खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले दिदै छ ।
फिफा वरीयतामा ९५  स्थानको जोर्डनलाई १७१ स्थानको नेपालले कडा चुनौति दिदै छ । हालसम्म भएका तीन खेलका नेपालले दुईमा हार र एकमा बराबरी गरेको छ ।
समूह बीको चौथो स्थानमा रहेको नेपालको ६ अंक छ। आज राति हुने खेल नेपालका लागि निकै महत्वपूर्ण छ किनकी जोर्डनलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ।
नेपालले नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमन पछि खेललाई निकै परिवर्तन गरेको छ । उनले खेलाडीको मनोवल बढाउने र नेपालको परम्परागत रक्षात्मक खेललाई आक्रामक बनाउने रणनीति लिएका छन ।
नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीलाई हौसला बढाउदौ भने, सबै खेल ०-० बाट सुरु हन्छ र नतिजा मैदानमा देखाएको प्रदर्शनको आधारमा तय हुन्छ। हाम्रो लक्ष्य जित्ने हो। फुटबल हो  ९० मिनेटमा जे पनि सम्भव हुन्छ, अब्दुल्लाहले भनेजस्तै फुटबलको प्रतिस्पर्धा सधैं ०–० बाटै सुरु हुन्छ ।

तर, इतिहास र अहिलेको वास्तविकता हेर्ने हो भने जोर्डन नेपालभन्दा धेरै बलियो टिम हो  । यो खाडी देशले एसियन कपको पछिल्ला चारै संस्करणको फाइनल चरण खेलेको छ ।
पहिला खेलाडीको मानसिकता परिवर्तन हुनुपर्छ । बलियो टिम छ भन्दैमा सुररुमै हार तथा गोल कम गर्ने भन्ने सोच हुदैन । उनले जर्मनी र उत्तरी मेसेडोनियाको उदाहरण दिदै भने , युरोपको विश्वकप छनोटमै दुई महिनाअघि उत्तरी मेसेडोनियाले चारपल्टको विश्वकप विजेता जर्मनीलाई २–१ ले पराजित गरेको थियो । ग्रिसले नसोचिएको रूपमा युरो कप २००४ को उपाधि जितेको पनि बताए । ‘हामीले पनि कडा मिहिनेत गरिरहेका छौं, । , ‘नतिजाभन्दा पनि उच्च प्रदर्शन गर्ने लक्ष्यसाथ खेल्नेछौं । मिहिनेतअनुसारै नतिजा हासिल गर्नेछौं ।’ उनले नेपाली टिमलाई ४–३–३ को आक्रामक रूप दिने बताएका छन् ।
समूह ‘बी’  को अर्काे खेलमा आज शीर्ष स्थानको अस्ट्रेलिया र पाँचौ स्थानको चाइनिज ताइपेईबीच प्रतिस्पर्धा हुँदैछ।

 

Facebook Comments Box
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्‍यो सम्मान
६ दिन अगाडि

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…

TOP