अस्ट्रेलियासंग नेपाल ३-० गोलले पराजित ।
काठमाण्डौ:
फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा अस्ट्रेलियासंग नेपाल ३-० गोलले पराजित भएको छ। खेल शुक्रबार कुवेत सिटीमा भएको थियो । फिफा वरीयतामा नेपाल भन्दा १३० स्थान माथिको टिमसंगको खेलमा उक्त गोल खाए पनि नेपालको खेललाई तारिफ योग्य मान्न सकिन्छ ।
खेलको छैटौं मिनेटमा अस्ट्रेलियाले म्याथ्यु लकीको गोलले अग्रता लियका थियो भने दोस्रो गोल ३८ मिनेटमा काराकिकले गरे।
रोहित चन्दले ४५ मिनेटमा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भयपछि नेपाल १० खेलाडीमा सीमित बनेका थियो। उनले अस्ट्रेलियाका मार्टिन बोयललाई लडाएका थिए। अस्ट्रेलियाल तेस्रो गोल ५७ मिनेटमा थप्यो । उक्त गोल बोयलले गरे। दोस्रो हाफभर १० खेलाडीमा खेलेको नेपालका लागि कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले अस्ट्रेलियाका आधा दर्जन प्रहार विफल पारेका थिए।
नेपाल ६ अंक जोडेर अंक तालिकाको चौथो बन्यो। नेपालले चाइनिज ताइपेईलाई दुवै लेगमा समान २-० गोलले पराजित गर्दा अरु तीन टिमसँग दुवै खेलमा पराजय भोग्यो। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका सबै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन। नेपाल र अस्ट्रेलियाबीच सन् २०१९ मा यहि छनोटको पहिलो लेगमा प्रतिस्पर्धा भएको थियो। क्यानबेरामा भएको सो खेलमा अस्ट्रेलियाले नेपाललाई ५-० गोलले पराजित गरेको थियो।
विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि सकिएको छ। अब नेपालले प्लेअफबाट तेस्रो चरणमा लागि पुग्न प्रतिस्पर्धा गर्नु पर्नेछ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


